आफुलाई नसकेपछी एकता भाड्न ओलीलाई शक्तीकेन्द्रले उकासेको भन्दै प्रचण्डले भने-‘हो, एकतामा केही अप्ठेरा छन्



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रयोग गरेर एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिन आफूलाई उकास्नतिर लागेको केही शक्ति र व्यक्तिहरु यतिबेला एकता भाँड्न एमाले अध्यक्ष केपी शर्मा उकास्न सक्रिय रहेको बताएका छन्। तर, उनीहरुबाट ओली सचेत रहेकाले अप्ठ्यारोका बीच दुई पार्टीबीच एकता भएरै छाड्ने दावीपनि प्रचण्डले गरेका छन्।

आइतबार विहान पार्टी एकताका विषयमा जानकारी लिन खुमलटारस्थित प्रचण्ड निवास पुगेको अखिल क्रान्तिकारी) का केन्द्रीय पदाधिकारीहरुलाई एकताबारे जानकारी दिँदै प्रचण्डले उपरोक्त दावी र खुलाशा गरेका हुन्। अध्यक्ष रन्जित तामाङ, उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, पञ्चा सिंह, विजय गौतम सहित विद्यार्थी नेताहरु एकताबारे जानकारी लिन प्रचण्ड निवास पुगेका थिए।

‘देशी–विदेशी तत्वहरु एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिन एक महिना जति मेरो पछि लागे, पुरै पाँच वर्ष तपाईं नै प्रधानमन्त्री हुनुस् भने, यो एकता भाँड्ने प्रयास हो भनेर मैले उनीहरुको कुरा टेरिन’ क्रान्तिकारीका नेताहरुसँग प्रचण्डले भने, ‘मैले नटेरेपछि अहिले तिनै तत्वहरु ओलीजीतिर लागेका छन्, उहाँलाई अनेक तरहले उक्साउने कोशिष गरिरहेका छन्।’

एमाले–माओवादी केन्द्रबीचको एकता भाँड्न उकासिरहेको तत्वको क्रियाकलापप्रति ओलीपनि उत्तिकै सतर्क रहेको दावीपनि प्रचण्डले गरे। ‘उनीहरुले जे गरिररहेका छन्, त्यो एकता भाँड्ने नियतले गरिरहेका छन् भन्ने कुराप्रति ओलीजीपनि प्रष्ट हुनुहुन्छ’ प्रचण्डले भने, ‘हो, एकतामा केही अप्ठेरा छन्। तर, त्यसका बीचपनि एकता चाहिँ हुन्छ।’

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा वामगठबन्धनले हासिल गरेको सफलतापनि एकताका लागि जनादेश भएको व्याख्या प्रचण्डले गरेका थिए। ‘चुनावमार्फत् जनताले एकताका लागि म्याण्डेट दिइसकेका छन्’ प्रचण्डले भने, ‘त्यसैले चुनावको म्याण्डेटविपरित दायाँबायाँ गर्ने छुट हामी कसैलाई छैन।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...