सिटिइभिटीका विद्यार्थीलाई डिप्लोमा प्रवेशमा सहज बनाउन माग



हाम्रो इकोनोमि

प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीले इञ्जिनियरिङ र मेडिकल प्रवेश परीक्षामा उच्चमाध्यमिक शिक्षा परिषद्को विज्ञान संकायका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रमका आधारमा आफूहरुलाई परीक्षा नलिन माग गरेका छन् ।

फरक क्षमता र संकायबाट आएका विद्यार्थीलाई एउटै पाठ्यक्रम र खुला प्रवेश परीक्षा भर्ना नगरी लिटरल इन्ट्री प्रणाली लागू गर्न उनीहरुले शिक्षा मन्त्रालयलगायत सम्बद्ध निकायमा माग गरेका हुन् ।

सिटिइभिटीअन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीका तर्फबाट गोरखाका सन्तोष देवकोटाले दिनुभएको सो ज्ञापनपत्रमा फरकफरक संकायका विद्यार्थीलाई नेपालका हरेक विश्वविद्यालयले आउने शैक्षिकसत्रदेखि लागू हुने गरी शिक्षा नियमावलीमा संशोधन गर्न माग गरिएको छ । देवकोटाले आफूहरुलाई शैक्षिक विभेद गरिएकाले विश्वविद्यालय तहमा प्रवेश पाउन कठिनाइ भएको बताउनुभयो ।

सो विषयमा शिक्षा मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक छलफल गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...