सिटिइभिटीका विद्यार्थीलाई डिप्लोमा प्रवेशमा सहज बनाउन माग



हाम्रो इकोनोमि

प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीले इञ्जिनियरिङ र मेडिकल प्रवेश परीक्षामा उच्चमाध्यमिक शिक्षा परिषद्को विज्ञान संकायका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रमका आधारमा आफूहरुलाई परीक्षा नलिन माग गरेका छन् ।

फरक क्षमता र संकायबाट आएका विद्यार्थीलाई एउटै पाठ्यक्रम र खुला प्रवेश परीक्षा भर्ना नगरी लिटरल इन्ट्री प्रणाली लागू गर्न उनीहरुले शिक्षा मन्त्रालयलगायत सम्बद्ध निकायमा माग गरेका हुन् ।

सिटिइभिटीअन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीका तर्फबाट गोरखाका सन्तोष देवकोटाले दिनुभएको सो ज्ञापनपत्रमा फरकफरक संकायका विद्यार्थीलाई नेपालका हरेक विश्वविद्यालयले आउने शैक्षिकसत्रदेखि लागू हुने गरी शिक्षा नियमावलीमा संशोधन गर्न माग गरिएको छ । देवकोटाले आफूहरुलाई शैक्षिक विभेद गरिएकाले विश्वविद्यालय तहमा प्रवेश पाउन कठिनाइ भएको बताउनुभयो ।

सो विषयमा शिक्षा मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक छलफल गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...