धितोपत्र बोर्डको अनुमतिपछि फागुन ११ देखि सि-आस्वा अनिवार्य



हाम्रो इकोनोमि

नेपाल धितोपत्र बोर्डको अनिवार्य सी-आश्वा (केन्द्रिकृत) प्रणाली पछि फागुन ११ गते देखि सि-आस्वा अनिवार्य गर्ने भएको छ। फागुन ११ गते देखि सि-आस्वा अनिवार्य गर्ने भएकोले उक्त मिति भित्रै सबै लगानीकर्तालाई आफ्नो खाता भएको बैंक मार्फत सी-आस्बा रजिस्ट्रेसन नम्बर(सीआरएन) लिईसक्न पर्नेछ।

आस्वा प्रणालीलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले (सि-आस्वा) प्रणाली लागू गर्न लागिएको हो।

सीडीएससीले गत माघ नौ गतेदेखि धितोपत्र सार्वजनिक निष्कासनको केन्द्रिकृत विद्युतीय सेवा सम्बन्धी कार्य संचालन निर्देशिका,२०७४को कार्यान्वयन सोहि मितिबाटै सार्वजनिक निष्कासनमा धितोपत्र खरिदको आवेदन अनिवार्य रुपमा सि-आस्वा मार्फत प्राथमिक शेयरमा आवेदन दिन सकिने जनाएको थियो।

तर नेपाल धितोपत्र बोर्डले एक महिनापछि लागु गर्न निर्देशन दिएसँगै सीडीएससीले फागुन ११ गतेदेखि सि-आस्वा अनिवार्य गर्ने जनाएको हो।

फागुन ११ गतेपछि लगानीकर्ताले सि-आस्वा मार्फत मात्रै शेयरमा आवेदन दिन सक्ने छन्। लगानीकर्ताले सि-आस्वा मार्फत आवेदन दिन बैंक मार्फत सीआरएन नम्बर लिन सक्ने छन्। सीआरएन नम्बर नलिएका लगानीकर्तालाई शेयर आवेदन दिन सि-आस्वा सेवा प्रदायक बैंकले सहयोग गर्ने छन्।

सि-आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । सी आस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...