नेपाल टेलिकमले सुरु गर्यो नयाँ योजना, कुरा गर्दा गर्दै पैसा सकिए पनि फोन नकाटिने



हाम्रो इकोनोमि

नेपाल टेलिकमले आफ्ना प्रिपेड प्रयोगकर्ताको लागि नयाँ योजना सार्बजनिक गरेको छ । आफ्नो १५ औं बार्षिकोत्सवका अवसर पारेर कम्पनीले मोबाइलमा सापटी योजना सुरु गरेको हो । यस योजना अनुसार ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिए पनि फोन काटिने छैन । अर्थात् कुरा गर्दा गर्दै टेलिकमले सापट दिने छ ।

नमस्ते क्रेडिट नाम दिइएको यस योजनामा त्यसरी फोन गर्दा लागेको शूल्क पछि रिचार्ज गर्दा काटिने टेलिकमले जनाएको छ। आज सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सापटी योजनाको औपचारिक आरम्भ गरेका हुन् । आज सफ्ट लञ्च मात्र भएको र यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुने कम्पनीले जनाएको छ । यसरी उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् । यो योजनामा कति रुपियाँसम्म सापटी पाइने भन्ने बारे कम्पनीले केहि खुलाएको ।

तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले निर्ब्याजी सापटी योजना कार्यान्वयन गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...