वडा अध्यक्षले बलात्कार काण्ड मिलाएर यसरी गरे चलखेल



इटहरीको रोयल रिसोर्टमा भएको बालिका बलात्कार प्रकरणमा जिल्ला अदालत सुनसरीमा माघ १२ गते मात्रै दर्ता भएको थियो।

 

बलात्कार जस्ता गम्भीर घटनामा किन ढिलो मुद्धा दाहेर भयो भन्ने खुल्दै आएको छ। इटहरीको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर चिरन्जिवि दाहालले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विद्यान्द माझीको दवाबमा मिलापत्र गर्न पीडितलाइ दवाब दिएका थिए। प्रहरी र बिचौलियाहरुले बालिका बलात्कार प्रकरण मिलापत्र इटहरीकै एक जनप्रतिनिधिको उपस्थितिमा गराएकाे खुलेको छ।

इटहरी– २० का वडाध्यक्ष मणिराम श्रेष्ठले आफ्नै रोहबरमा सामूहिक बलात्कार प्रकरण सामसुम पार्ने प्रयास गरेका हुन्। अध्यक्ष श्रेष्ठले पनि आफ्नो रोहबरमा मिलापत्र गरिएको स्वीकारे।

अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेर बलात्कृत बालिकाका अभिभावकलाइ मुद्दा दर्ता नगराइ परिवारलाइ बुझाइएको थियो। धार्मिक अस्त्र समेत प्रयोग गरेर ‘प्रभूले क्षमादान गर्नु भन्नुहुन्छ’ भन्दै आभिभावकहरुलाइ मुद्धामामिला नगरी मिलापत्रमा बलात्कार टुंग्याउन दवाब गरिएको परिवार स्राेतले जनाएकाे छ। गम्भीर प्रकृतिको अपराधमा पनि मिलापत्र गर्न इटहरीका प्रहरी इन्स्पेक्टर दाहालले जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीको दवाब कारण रहेको प्रहरी स्राेतले बतायाे।

इटहरी– २० तरहराका वडाध्यक्ष मणिराम श्रेष्ठकै रोहबरमा बलात्कृत बालिका लागि प्रहरीको कागजपत्रमा आमाबाबु लाइ बुझाएको हो। धरानका जकम लिम्बु र विराटनगरका मनिष श्रेष्ठबाट रातभर बलात्कार भएकी भनिएकी पीडित युवतीको परिवारलाइ मिलापत्रमा बालिका स्विकार गर्न वडाध्यक्षलै साक्षी बसेर हस्ताक्षर गरेका छन्। ‘मिलापत्र गर्न वडाध्यक्ष अनिवार्य चाहिन्छ भने र मैले हस्ताक्षर गरेको हुँ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘तर,त्यतिबेला बलात्कार भएको भन्ने मैले कतैपनि सुनिन ।’

पैसा खाएर पत्रकारले समाचार राेके

माघ १२ गते बलात्कारको मुद्दा अदातलमा दर्ता भएको ८ दिनपछि शनिवार बिहान एक आरोपीलाइ प्रहरीले पक्राउ गरेकाे थियो। पक्राउ पर्नेमा जुकल लिम्बु रहेको इटहरीका डिएसपी संजल राउतले बताए।

१४ वर्षीया बालिकाको बयानअनुसार इटहरीको रोयल रिसोर्टमा बलात्कार भएको थियो। मनिष श्रेष्ठ र जुकल लिम्बुले बलात्कार गरेको किटानी जाहेरी परे पनि श्रेष्ठ अझै फरार छन्।

इटहरीको बालिका बलात्कार काण्डको ‘मिलापत्र’ गराएर विवादमा आएका इटहरीको इलाका प्रहरी कार्याललयका इन्स्पेक्टर चिरन्जीवि दाहाल प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन्। प्रदेश एकका एआइजी पशुपति खतिवडाका अुनसार इन्स्पेक्टर दाहाललाइ आइतबार रानी सरूवा गरिएको छ।

‘मिलापत्रमा’ गरेर ढिसमिस गरिएको बलात्कार मुद्धा अदालतमा ढिलो गरी दर्ता भएसँगे एसएसपी हरिबहादुर पालको नेतृत्वमा ५ सदस्य छानबिन समिति बनेको छ। बिहिबार बनेको छानबिन समितिलाइ सात दिनको समय दिइएको प्रदेश एकका एआइजी पशुपति उपाध्यायले बताए। मुद्दा दर्ता नगराइ मेलमिलाप गरेको पाइएकोले प्रहरी अधिकारीहरुको पनि संलग्नता भए नभएको बारेमा अनुसन्धान हुने एआइजी उपाध्यायले बताए।

प्रहरी श्रोतका अनुसार बिचौलियाले पीडकबाट मोटो रकम लिएर प्रहरी र अभिभावकलाइ मिलापत्र गर्न दबाब दिएका थिए। पत्रकारहरुले रकम लिएर बलात्कारसम्बन्धी समाचार रोकेको पनि प्रहरी स्राेतले बतायाे। सबैतिर समाचार ‘रोक्ने’ भन्दै पीडकले दिएको रकम बिचौलियाबाट सुनसरीका केही सञ्चारकर्मीले समेत रकम लिएको देखिएको प्रहरीले जनायाे। रकम लिने पत्रकारहरुले नाम अर्का आरोपी मनिष श्रेष्ठ र बिचौलियाको बयान पछि थाहा हुने पनि अनुसन्धानमा संलग्न प्रहरी अधिकरीकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस
बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन

लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु

    लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको

उपप्रधानमन्त्री पौडेल चीन प्रस्थान

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । चिनियाँ