निःशुल्क शिविरमा ४१० जनाले गराए स्वास्थ्य जाँच



हाम्रो इकोनोमि

सिरहाको लहान–१७ देवीदहमा सम्पन्न एकदिने निःशुल्क स्वस्थ्य शिविरमा ४१० जनाले स्वास्थ्य जाँच गराएका छन् ।

ओम पोली क्लिनिक एण्ड अर्थो केयर सेन्टर लहानको सहकार्यमा अर्किड मेडिकल फाउन्डेशन जनकपुरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित ४१० जनाले निःशुल्क चेकजाँच गराएका छन् ।

शिविरमा हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला तथा यौन रोगका बिरामीले निःशुल्क चेकजाँच गराएको स्वस्थ्यकर्मी रामबाबु सिंहले जानकारी दिनुभयो ।

साथै शिविरमा स्वास्थ्य जाँच गराउने बिरामीलाई औषधीसमेत वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डा ओमप्रकाश चौधरी, जेनरल फिजिसियन डा अरविन्द साह, नाक, कान तथा घाँटी रोग विषेशज्ञ डा सन्दर्भ गिरी र छाला तथा यौन रोग विषेशज्ञ डा प्रमोदकुमार दास लगायतका चिकित्सकले बिरामीको जाँच गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...