राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा, प्रचण्ड सहमत ,एमालेमा बिबाद



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेर पार्टी एकता गर्न सुझाब दिएकी छिन् ।

आइतबार प्रचण्ड र ओलीलाई भेट गरेकी भण्डारीले ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी एकता गर्न सुझाब दिएको बताइएको छ ।
दुवै अध्यक्षलाई एकसाथ लञ्च मिटिङमा बोलाएर भण्डारीले आफू राष्ट्रपतिमा दोहोरिन चाहेको बताएकी छिन् ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा एमाले र माओवादीबिच भागबण्डाको विषय बनिरहँदा भण्डारीले आफूलाई अब एक कार्यकाल मौका दिन आग्रह गरेकी हुन् ।

भण्डारीको आग्रहप्रति प्रचण्डले पनि ग्रिन सिग्नल दिएको बताइएको छ । ओली त पहिलेदेखि नै भण्डारीकै पक्षमा थिए । भण्डारीले उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनलाई नै दोहो¥याउन आग्रह गरेकी छिन् ।

तर भण्डारीलाई दोहोरिन दिने विषयमा एमालेभित्रै एकमत छैन ।
पूर्व अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । कतिपयले खनाललाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...