राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु,के गर्न हुन्छ के गर्न हुदैन



हाम्रो इकोनोमि

माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनकाे मौन अवधि सुरु भएको छ । अाइतबार राति १२ बजेबाट माैन अवधि सुरू भएकाे हाे ।

निर्वाचन आयोगले अाइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको र निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने जनाएको छ ।

 

माैन अवधि सुरू भएपछि उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनु पर्नेछ भने एसएमएस, फेसबुक, भाइबरजस्ता कुनै पनि माध्यमकाे प्रयाेग गरेर  मत अाकर्षित गर्न पाउने छैनन् ।

आयोगले सञ्चार माध्यमलाई समेत समाचार सम्प्रेषणमा सचेत हुन अनुरोध गरेको छ । आयोगका अनुसार, निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सञ्चार माध्यमले समाचार प्रकाशन प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न पाउँदैन ।

प्रत्यक्षतर्फ ५६ सदस्यका लागि उम्मेदवार मनोनयन भए पनि २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । अब बाँकी ३२ सिटका लागि बुधबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ जनाले प्रतिष्पर्धा गर्दैछन् । ५९ सदस्यीय रहने राष्ट्रियसभाका ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...