सात नम्बर प्रदेशको पहिलो बैठकमा मोष्ट वान्टेड रेसमलाई प्रमाणपत्र दिन माग



हाम्रो इकोनोमि

प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभाको बैठकमा टिकापुरबाट प्रतिनिधि सभामा बिजयी मोष्ट वान्टेड रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन माग उठेको छ।

राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले बैठकमा बोल्दै रेशमलाई प्रमाणपत्र दिन माग गरेकी हुन्।

रेशमलाई टिकापुर घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले मोष्ट वान्टेड सुचिमा राखेको छ ।

‘सभामुख महोदय, जनताले अत्यधिक बहुमतले निर्वाचन जिताएका रेशम चौधरीलाई तुरुन्त प्रमाणपत्र प्रदान गर्न यो सभा मार्फत पहल गरियोस, साथै भदौ ७ गते टिकापुर घटना घटेको दोस्रो दिन कर्फ्युकाबिच थारुहरुका घर छानीछानी जलाउने र लुटपाट गर्नेहरुलाई पनि जेल हालियोस भन्ने माग म जोडदार रुपमा उठाउन चाहन्छु।’ रानाले भनिन्।

उनले कैलालीका थारु समुदायले राजधानीको माग नउठाएको प्रष्ट पार्दै पहिचान र अधिकारको माग गरेको बताईन्।

‘थारुहरुलाई भुलाउन राजधानी यहाँ तोकिएको छ तर थारु जनताको माग राजधानीको होईन अधिकार र पहिचानको हो त्यसैले अधिकार प्रदान गर्न प्रदेश सभाले पहल गरोस म सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु।’ प्रदेश सभाको बैठकमा रानाले भनिन्।

प्रदेश सभाको पहिलो बैठकमा कांग्रेसका भरत खड्का, माओवादीका त्रिलोचन भट्ट र एमालेका प्रकास शाहले बोलेका छन्।

उनिहरु सबैले प्रदेश नम्बर ७ को विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने भनाई राखेका थिए।

प्रदेश ७ को प्रदेश सभाको बैठक आगामी माघ २९ गते सोमवार सम्मका लागि स्थगीत भएको छ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...