तीन एचआइभी एड्स संक्रमित फेला



हाम्रो इकोनोमि

यही माघमा मात्र यहाँ तीन जना एचआइभी एड्स संक्रमित फेला परेका छन् ।

रोल्पा प्लसका अध्यक्ष राधा विकले माडी गाउँपालिकाका एक दम्पती संक्रमित भएको र तिनको नवजात शिशु पनि संक्रमित हुन सक्ने बताउनुभयो । साथै सुवर्णावती गाउँपालिकामा पनि एक महिला संक्रमित भएको खुलेको छ । प्रवासी श्रीमान्का कारण श्रीमान्–श्रीमती दुवै संक्रमित बन्न पुगेको अध्यक्ष विकको भनाइ छ ।

यी थप तीनसहित हाल जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमा २६ महिला, २४ पुरुष र तीन बालिका छन् । चौध जनाको भने यसअघि मृत्यु भइसकेको विकले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा नौदेखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष एचआइभी एड्स संक्रमित भएर संक्रमणसँग लडिरहेको अवस्था छ । जिल्लामा भएका सबैजसो एड्स संक्रमित श्रीमान्कै कारण संक्रमित बनेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...