प्रदेश ५ र ६ को पहिलो बैठक सकियो



हाम्रो इकोनोमि

प्रदेश ५ को प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने गरी स्थगित भएको छ ।

बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।

आइतबारको बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पनि पारित गरेको छ। बैठक प्रदेशसभाका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए ।

सुरुमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले संबोधन गरेका थिए । प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ ।

प्रदेश ६ को सभामुखको निर्वाचन माघ २९ गते हुने

प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक सकिएको छ।

सिंचाइ डिभिजन कार्यालयको सभाहलमा बसेको बैठकले सभामुखको निर्वाचन माघ २९ गते हुने निर्णय गरेको छ।

बैठक कार्य सूची अनुसार नै अघि बढेको थियो।

बैठकमा तीन विषयस् संसद् बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वक्ताहरूको विषयमा कार्यसूची रहेका थिए।

पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका हुन्।

प्रदेश ६ मा ४० जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...