प्रदेश २ को पहिलो बैठकमा लफडा,विवाद पछी फेरी बैठक शुरु



हाम्रो इकोनोमि

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक शुरु हुनासाथ अवरुद्ध भएपनि अहिले नियमित भएको छ । राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेपछि, बैठक रोकिएको थियो ।

सभामुखको आसन अगाडि जनआन्दोलनका शहिदहरुको तस्वीर राखिएको थियो । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए लगतै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने चेतावनी दिइन् ।

त्यसपछि सांसदहरु उठे र बैठक स्थगित भएको हो । तर सभामुखले मधेश आन्दोलनका सहीदको पनि फोटो राख्ने बचन दिएपछि बैठक नियमित भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...