प्रदेश २ को पहिलो बैठकमा लफडा,विवाद पछी फेरी बैठक शुरु



हाम्रो इकोनोमि

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक शुरु हुनासाथ अवरुद्ध भएपनि अहिले नियमित भएको छ । राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेपछि, बैठक रोकिएको थियो ।

सभामुखको आसन अगाडि जनआन्दोलनका शहिदहरुको तस्वीर राखिएको थियो । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए लगतै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने चेतावनी दिइन् ।

त्यसपछि सांसदहरु उठे र बैठक स्थगित भएको हो । तर सभामुखले मधेश आन्दोलनका सहीदको पनि फोटो राख्ने बचन दिएपछि बैठक नियमित भएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...