भोली पूर्वराजा भारत जादै,यस्तो छ कार्यक्रम र भ्रमणको मिशन



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत भ्रमणमा निस्कदै छन् । उनी ओडिसामा रहेको जगन्नाथपुरी दर्शनका लागि भारत जान लागेका हुन् ।

उनलाई त्यहाँका शंकराचार्यले विशेष अनुरोध गरी दर्शनका लागि मुख्य अतिथिका रुपमा राजी गराएका हुन् ।

पूर्वराजा यसअघि गत पुसको तेस्रो साता पनि भारत गएका थिए ।

कुन माध्यमबाट जाँदैछन् भारत ?
पूर्वराजा शाह उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको विशेष आग्रहमा पुसको तेस्रो साता लखनउ गएका थिए ।

त्यही बेला शंकराचार्यले निम्तो दिएका थिए । विशेष आग्रहपछि आदित्यनाथले पनि जोडबल गरेका थिए ।
त्यसकै कारण पूर्वराजा ओडिसा जान लागेका हुन् ।

के छ कार्यक्रम ?
पूर्वराजा सोमबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमानबाट कोलकाता जानेछन् ।

सोमबार कोलकातामै रहने छन् ।
कोलकाताबाट मोटरमा मंगलबार तीन घण्टाको यात्रापछि जगन्नाथ पुग्नेछन् । त्यहाँ दर्शन गर्नेछन् ।
त्यसपछि पुनः कोलकाता फर्कने छन् । मंगलबार नै उनको राजनीतिक भेटघाट सुरु हुने बताइन्छ ।

एकहप्ता बसाइका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोन वार्ता हुन सक्ने जनाइएको छ ।

के हो त मिसन ?
नेपालमा अब कम्युनिष्ट सरकार बन्दैछ । गणतन्त्रमा पनि राजसंस्था स्थायित्व रहने विभिन्न अन्तर्राष्ट्रिय उदाहरणसहितका आवाज आउन थालेपछि अहिले पूर्वराजाको सक्रियता बढेको हो ।

पूर्वराजालाई एमाले अध्यक्ष केपी ओलीले पनि आश्वस्त पारेको बताइन्छ । भूमिका कसरी दिने र कस्तो प्रकारको दिने भन्नेबारे छलफलमै रहे पनि पूर्वराजसंस्थालाई स्पेश दिन तयार भएको बताइन्छ ।

नेपाललाई हिन्दू राज्य बनाउनका लागि पनि भारतीय वर्तमान सरकार कस्सिएर लागेको बुझिएको छ ।

भारतीय सरकारले अहिले राजसंस्था व्युँताउन पनि अनेक किसिमका खेलहरु खेलिरहेको बुझिन्छ ।

संघीयताको सकस र यसले निम्त्याउने सकारात्मक भन्दा नकारात्मक सन्देश छर्दै राजसंस्थालाई ठाउँ दिन खोजिएको बताइन्छ । पूर्वराजाको यो भ्रमण कत्तिको फलदायी होला यसको छिनोफानो भोलिका दिनले गर्ने नै छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...