टिपर दुर्घटनामा दुईजनाको मृत्यु



हाम्रो इकोनोमि

धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना।७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही बस्ने उदयकुमार शर्मा र सहचालक ९खलासी० मिथिला नगरपालिकाको नक्टाझिझ बस्ने सञ्जय पासमान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिपर पल्ँिटदा दुवै जनाको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटना भएको ढल्केवर–जनकपुर सडक ६ लेनका लागि विस्तार भइरहेकाले सडक विस्तारका लागि प्रयोग हुने निर्माण सामग्री सडकमै थुपारिराखेको हुँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...