महिला मुख्य मन्त्री बन्नै पर्छ भन्ने कहाँ छ? मै हो तीन नम्बर प्रदेशको मुख्यमन्त्री:राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

प्रदेश नम्बर तीनको मुख्यमन्त्रीका दाबेदार मानिएका एमाले नेता राजेन्द्र पाण्डेले आफू उम्मेदवार बन्ने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै धादिङबाट प्रदेशसभामा निर्वाचित पाण्डेले आफूलाई अत्याधिक बहुमतले संसदीय दलको नेतामा विजयी गराउने दाबी गरे ।

प्रदेश नम्बर तीनमा एमालेबाट ५८ जना प्रदेश सासंद भएको उल्लेख गर्दै पाण्डेले आफ्नो पक्षमा तीसभन्दा बढि सासंद उभिएको बताए । “अत्याधिक बहुमतले मलाई समर्थन गर्ने मैले बुझेको छु ।” पाण्डेले भने ।

पछिल्लो समय मुख्यमन्त्री बन्नका लागि पार्टी अध्यक्ष केपी ओली गुटमा जानुभएको हो भन्ने धमलाको प्रश्नमा पाण्डेले आफू पार्टीको अध्यक्ष जो हुन्छ उसैको निर्देशनमा चल्ने गरेको बताए ।

मुख्यमन्त्रीको लागि अध्यक्ष ओलीले पनि सहयोग गर्ने पाण्डेको दाबी छ । “मलाई ओली कमरेडले प्रदेश नम्बर तीनको मुख्यमन्त्रीको रुपमा मलाई उहाँले सहयोग गर्नुहुनेछ । उहाँको सहयोग र निर्देशनमा म मुख्यमन्त्री बन्छु ।” पाण्डेले भने ।

एमालेभित्रैबाट अर्की प्रमुख दाबेदार मानिएकी अष्टलक्ष्मी शाक्य पनि लामो समयदेखि पार्टीमा सक्रिय भएको भन्दै पाण्डेले मुख्यमन्त्रीका लागि दाबि गर्नु स्वभाविक भएको बताए ।

तर महिला भएकै भरमा दाबी गर्नुभन्दा पनि मुख्यमन्त्री बन्नका लागि क्षमता पनि चाहिने पाण्डेको तर्क छ । “महिला भएर मुख्यमन्त्री बन्ने होइन, मुख्यमन्त्रीको योग्य भएर मुख्यमन्त्री बन्ने हो । प्रदेश संचालनका लागि योग्यता, क्षमता राखेर मुख्यमन्त्री बन्ने हो ।” पाण्डेले भने ।

पाण्डेले एमालेले सरकार बनाउन लागेको प्रदेश एक, तीन, चार र पाँच गरी चारवटै सरकारको मुख्यमन्त्री पुरुष नै हुने स्पष्ट पारेका छन् । मुख्यमन्त्रीका लागि महिला हुनै पर्ने व्यवस्था संविधानमा नभएको र अहिले प्रदेश सरकार चलाउनका लागि योग्य महिला दाबेदार नदेखिएकाले कुनै पनि प्रदेशमा मुख्यमन्त्री महिला हुने सम्भावना नभएको पाण्डेको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...