मुख्यमन्त्रीको विवादले एमाले र माओबादी रोगी बन्दै,सात नम्बर प्रदेशका माओबादी सांसद बिद्रोह गर्ने तयारीमा



माओवादी केन्द्रमा प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको विषयमा विवाद सुरु भएको छ।प्रदेश इञ्चार्जले छलफल नै नगरी एकलौटी ढंगले सिफारिस गरेको भन्दै असन्तुष्ट पक्षले त्यसको विरोध गरेका छन्।

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि शुक्रबार माओवादीको प्रदेश कार्यालयले डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको थियो।

प्रदेश इञ्चार्ज लेखराज भट्ट र सह-इञ्चार्ज लक्ष्मणदत्त जोशीले प्रदेश कमिटीमा छलफल नै नगरी मुख्यमन्त्रीमा नाम सिफारिस गरेको भन्दै असन्तुष्ट सांसदहरुले त्यसको विरुद्धमा उम्मेदवार उठाउने तयारी गरेका छन्।

मुख्यमन्त्रीका आकांक्षी वीरमान थारुले नेतृत्वले निर्णय नसच्याए प्रदेशको सिफारिस विरुद्ध उम्मेदवार खडा गर्ने बताए।

थारुले भने, ‘नेतृत्वले यस विषयमा हामीसँग आवश्यक छलफल नगरेको खण्डमा प्रदेशबाट हामी आफ्नो उम्मेदवार उठाउनेछौं। तर म आफैं भने उठ्नेछैन।’

थारु बहुल प्रदेश मानिएको प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले वाम गठबन्धनको सहमति अनुसार मुख्यमन्त्री र उपसभामुख पद पाएको थियो।

यस्तै, माओवादी केन्द्रले प्रदेश नम्बर ६ मा पनि प्रादेशिक सरकारको नेतृत्व गर्नेछ। प्रदेश नम्बर ६ ले भने मुख्यमन्त्रीको सिफारिस गरेको छैन। सो विषयमा चाँडै निर्णय गरिने प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताए।

यता एमालेमा पनि उही रोग छ। एमालेको स्थायी कमिटी बैठकले सहमति जुट्न नसकेपछि प्रदेशसभाको संसदीय दलका नेता मतदानबाट चयन गर्ने निर्णय गरेको थियो। एमाले सचिव समेत रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले माघ २४ गतेपछि बस्ने विभिन्न प्रदेशको संसदीय दलको बैठकले सहमतिको प्रयास गर्ने बताए।

‘सुरुमा सहमतिको प्रयास गर्ने हो। त्यसका लागि समय पनि बाँकी छ। त्यसो हुन नसकेको खण्डमा गोप्य मतदानबाट दलको नेता चयन हुनेछ’, भट्टराईले भने।

प्रादेशिक सरकार गठनमा केन्द्रले निर्णय नगर्ने भएपछि एमालेभित्र प्रादेशिक सरकारको नेतृत्वको विषयमा धेरै आकांक्षी देखिएका छन्। निर्वाचनमा जाँदा पार्टीभित्र दुई पक्षको ध्रुवीकरण बढ्नसक्ने भन्दै पार्टी अध्यक्ष ओलीले मु्ख्यमन्त्रीका आकांक्षीहरुलाई अनौपचारिक रुपमा भेटेर सहमति जुटाउने प्रयास गरेका थिए।

वाम गठबन्धनको सहमति अनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा प्रादेशिक सरकारको नेतृत्व गर्नेछ। प्रदेश नम्बर ५ को मुख्यमन्त्री पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेल बन्ने पक्का छ। प्रदेश ५ को संसदीय दलको बैठकले पोखरेललाई दलको नेतामा समेत चयन गरिसकेको छ। तर, अन्य प्रदेशको नेतृत्वबारे एमालेभित्र विवाद छ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका