ओलीले पनि पार लगाउन नसकेपछी मुख्यमन्त्रीको गाँठोले यसरी कसिदैछ एमाले,रिङ्ग आउट हुने को-को?



नेकपा एमालेले प्रादेशिक सरकारको नेतृत्वको विषय निर्वाचनबाट टुंगो लगाउने तयारी गरेको छ।
सहमतिको प्रयास स्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको अनौपचारिक छलफलमा मुख्यमन्त्रीका आकांक्षीहरुले आफ्नो अडान नछाडेपछि त्यसको निर्णय प्रदेशसभाको संसदीय दलको बैठकबाट लाग्ने देखिएको हो।

एमालेको स्थायी कमिटी बैठकले सहमति जुट्न नसकेपछि प्रदेशसभाको संसदीय दलका नेता मतदानबाट चयन गर्ने निर्णय गरेको थियो। एमाले सचिव समेत रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले माघ २४ गतेपछि बस्ने विभिन्न प्रदेशको संसदीय दलको बैठकले सहमतिको प्रयास गर्ने बताए।

‘सुरुमा सहमतिको प्रयास गर्ने हो। त्यसका लागि समय पनि बाँकी छ। त्यसो हुन नसकेको खण्डमा गोप्य मतदानबाट दलको नेता चयन हुनेछ’, भट्टराईले भने।

प्रादेशिक सरकार गठनमा केन्द्रले निर्णय नगर्ने भएपछि एमालेभित्र प्रादेशिक सरकारको नेतृत्वको विषयमा धेरै आकांक्षी देखिएका छन्। निर्वाचनमा जाँदा पार्टीभित्र दुई पक्षको ध्रुवीकरण बढ्नसक्ने भन्दै पार्टी अध्यक्ष ओलीले मु्ख्यमन्त्रीका आकांक्षीहरुलाई अनौपचारिक रुपमा भेटेर सहमति जुटाउने प्रयास गरेका थिए।

वाम गठबन्धनको सहमति अनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा प्रादेशिक सरकारको नेतृत्व गर्नेछ। प्रदेश नम्बर ५ को मुख्यमन्त्री पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेल बन्ने पक्का छ। प्रदेश ५ को संसदीय दलको बैठकले पोखरेललाई दलको नेतामा समेत चयन गरिसकेको छ। तर, अन्य प्रदेशको नेतृत्वबारे एमालेभित्र विवाद छ।

प्रदेश १ को मुख्यमन्त्रीमा प्रदेश इन्चार्ज र केन्द्रीय सचिव भीम आचार्य र पूर्वमन्त्री शेरधन राईबीच तीव्र प्रतिस्पर्धा छ। दुवैले मुख्यमन्त्रीको दाबेदारी नछाडेपछि निर्वाचनबाटै त्यसको टुंगो लाग्ने देखिएको छ।

‘संसदीय दलको नेता हुन वरिष्ठ र कनिष्ठ भनेर हुँदैन’, राईले भने, ‘सहमति नभए दलको नेता चयनमा मेरो उम्मेदवारी रहने पक्का छ। पछाडि हट्ने स्थिति छैन।’

त्यस्तै, प्रदेश ३ को मुख्यमन्त्रीमा समेत धेरै आकांक्षी देखिएपछि निर्वाचनबाटै दलको नेता चयन हुने देखिएको छ। यो प्रदेशको दलको नेता बन्न राजेन्द्र पाण्डे, केशव स्थापित र अष्टलक्ष्मी शाक्य लगायत नेताहरुले दाबेदारी प्रस्तुत गरिरहेका छन्। उता प्रदेश नम्बर ४ मा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङबीच प्रतिस्पर्धा छ। दुवैले सहमतिको प्रयासलाई अस्वीकार गर्दै निर्वाचनबाटै दलको नेता बन्ने तयारी गरेका छन्। सोही अनुसार दुवैले पार्टीभित्र र प्रदेशमा लविङ सुरु गरिसकेका छन्।
प्रदेशको संसदीय दलको बैठक बस्न अझै समय बाँकी रहेकाले सहमतिको सम्भावना बाँकी रहेको नेताहरु बताउँछन्। तर, प्रदेशसभाको दलको नेता बन्न पदका आकांक्षीहरु गोप्य मतदानमा जान इच्छुक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित