‘वान टु वान’ वार्तामा स्वराजको ओली संग राखिन यस्ता ५ प्रस्ताव, ओलीले ‘हुन्छ’ भन्न किन सकेनन्?



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी छिन् । जुन दिन स्वराजको नेपाल भ्रमणको विषयमा मिति तय भयो त्यही दिनदेखि नै नेपालका राजनीतिक दलका नेताहरु बुद्धिजीवी पत्रकार र आम सर्वसाधारणमा समेत स्वराजको नेपाल भ्रमणको कारण बारे बुझ्ने रहर सुरु भएको थियो ।

विशेषगरी स्वराज केका लागि नेपाल आउँदैछन् ? त्यो जिज्ञासा आम मानिसहरुमा पहिलैदेखि नै चलिरहेको छ । स्वराज नेपालबाट फर्किएपनि नेपालमा उनको नेपाल भ्रमणको विषयमा गरिएको चर्चामा भने कमि आएको छैन ।

शुक्रबार स्वराज स्वदेश फर्किएपछि भने उनले ओलीसँग गरेको छलफलको एउटा सानो हिस्सा सार्वजनिक भएको छ । ओलीको सचिवालय स्रोतका अनुसार स्वराजले आगामी सरकारमा भारतको पूर्ण समर्थनको लागि ओलीसँग केही विषयमा समझदारी र सहयोग मागेको विषय सार्वजनिक भएको छ ।

स्रोतका अनुसार पछिल्ला समयहरुमा कहिले चीन र कहिले भारत त कहिले नेपाल आफैंले निर्माण गर्न लागेको प्राथमिकताप्राप्त आयोजनाहरु भारतको जिम्मामा दिनुपर्ने प्रस्ताव स्वराजले ओलीसँग गरेकी थिईन् ।

स्रोतका अनुसार स्वराजले रुची देखाएको पहिलो विषय हो बुढीगण्डकी जलविद्युत आयोजना। जतिबेला बुढीगण्डकी आयोजनाको सम्भाव्यता अध्ययन भयो त्यतिबेलादेखि नै भारतीय टाउको दुखाईको विषय बनेकोमा पछिल्लो समय झनै चिनियाँ कम्पनीले यसको जिम्मा पाएपछि त झनै भारतलाई सहिनसक्नुको अवस्था थियो । तर, चिनियाँ कम्पनीसँगको सम्झौता तोडेर केही महिना अघि शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपालले नै बनाउने निर्णय गर्दा त्यही एमाले पार्टीबाट अनेकानेक आरोप झेलेको थियो । सोही आयोजना सरकार गठनपछि भारतको जिम्मामा सो आयोजना निर्माणको लागि दिने प्रस्ताव स्वराजले गरेकी छिन्।

त्यस्तै, दोस्रोमा तराई मधेश द्रूत मार्ग पनि भारतीय कम्पनीकै जिम्मामा दिने प्रस्ताव स्वराजले ओली सामू गरेकी छिन्। दू्रत मार्ग पनि कहिले भारतीय कम्पनी त कहिले नेपाल सरकारले बनाउने भन्दै अहिले यो नेपाली सेनाले बनाउँदै छ। तराई र काठमाडौं जोड्ने महत्वपूर्ण मार्गको रुपमा रहेको सो द्रूत मार्ग बनाउनको लागि जुनसुकै समयको सरकारसँग पनि वार्गेनिङ गर्दै आएकोमा स्वराजले यसलाई नै फेरि अर्काे मुद्दा बनाएकी हुन्।

तेस्रो प्रस्तावमा झण्डै २ दशकदेखि काममा भारतले नै अनेकानेक बखेडा निकालेर काम सम्पन्न हुन नदिईरहेको पन्चेश्वर परियोजनामा पनि भारतीय स्वार्थ अनुसार सम्झौता गर्नको लागि स्वराजले प्रस्ताव गरेकी छिन्। यसमा सरकार गठन भएलगत्तै यस विषयमा दुईपक्षीय बैठक गरी यसलाई अघि बढाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

त्यस्तै, स्वराजले ओलीसँग राखेको चौथो र पाँथौं प्रस्तावमा जनकपुर र नेपालगञ्ज विमानस्थललार्इ स्तरोन्नती गरी अन्तराष्ट्रियस्तरको बनाउनको लागि समेत प्रस्ताव गरेको स्रोतले जनाएको छ। पोखरा र भैरहवाको विमानस्थल चिनियाँ संलग्नतामा बन्न लागिरहेको अवस्थामा अन्य दुई स्थानमा पनि अन्तराष्ट्रिय विमानस्थल बनाउन भारतले प्रस्ताव गरेको बताइएको छ। दुबै स्थानको विमानस्थल निर्माणमा भारतले सहयोग पुर्‍याउने आश्वासन स्वराजले ओलीलाई दिएकी थिइन।

यी विषयमा सबै प्रस्तावलाई ओलीले सकारात्मक रुपमा हेरेको छु भने पनि वचन नै दिइ नसकेको बुझिएको छ। यि मध्येकका कतिपय विषयमा व्यापक जनविरोध हुने र यही विषयमा पार्टीमा समेत अनेकानेक विरोधका आवाजहरु निस्कन सक्ने भएकोले ओलीले सिधैं स्वराजलाई विश्वास दिलाउन नसकेको तर प्रयास गर्नै आश्वासन दिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...