प्रदेश नं २ को राजधानी वीरगञ्ज नबनाए बारा, पर्सा र रौतहट मिलाएर छुट्टै प्रदेश बनाउने चेतावनी



हाम्रो इकोनोमि

प्रदेश नं २ को राजधानी वीरगञ्ज नबनाए बारा, पर्सा र रौतहट मिलाएर छुट्टै प्रदेश बनाउने चेतावनी आन्दोलनकारीले दिएका छन् ।

वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित बिरोधसभामा बोल्ने वक्ताहरुले छुट्टै प्रदेश बनाउने चेतावनी दिएका हुन् ।

 

वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन दवाव दिने उद्देश्यले गठन गरिएको संघर्ष समितिको आव्हानमा आयोजित विरोध सभामा बोल्दै प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले वीरगञ्जलाई जसरी पनि राजधानी बनाउने बताए । ‘काठमाडौंले र जनकपुरले सुन वीरगञ्ज राजधानी हुँदैन भने बारा, पर्सा, रौतहट मिलाएर छुट्टै भोजपुरी प्रदेश र राजधानी वीरगञ्जलाई बनाउँछौं ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका शर्माले भने ‘एउटा नेपाली उखान छ, ‘दुध दिने गाईको लात सहनुपर्छर्’ तर वीरगञ्जवासी यस्तो छन्, जो कमाई पनि दिन्छन्, र लात पनि सहन्छन् । ‘

भारतमा संघीय संरचनामा जाँदा पनि सुरुमा थोरै राज्य र राजधानी रहेको भएपनि अहिले राज्यको र राजधानीको संख्या बढेर गएको भन्दै उनले वीरगञ्ज पूर्वाधारले सम्पन्न हुँदा हुँदै उपेक्षामा परेको बताए । ‘ टाउन हल, चिनी मिल जस्ता पूर्वाधार हुँदा हुँदै जनकपुरमा राजधानी लगियो, अहिले जनकपुरको सभा स्थलमा मर्मतको काम चल्दैछ । ‘ उनले भने ‘ जहाँ जानुपर्छ, जान्छु, जे गर्नुपर्छ त्यो गर्छु, आज नभएपनि १० वर्षपछि हुन्छ । तर वीरगञ्ज राजधानी बनाएरै छोड्छौं ।’

शिक्षक महासंघ पर्साका सचिव प्रदिप जयसवालले पनि जनकपुरलाई कुनैपनि हालतमा राजधानी नमान्ने बताए । ‘ पर्सा, बारा, रौतहट छुट्टै प्रदेश बनाउन तयार छौं, तर जनकपुरलाई राजधानी बनाउन तयार छैनौं ।’ उनले भने ।

विरोध सभामा बोल्दै एमालेका नेता बलिराम साहले मधेस आन्दोलनका क्रममा मधेसी दलका शीर्ष नेताहरुले वीरगञ्जलाई राजधानी बनाउने आश्वासन दिएर पनि धोका दिएको बताए । ‘मजदुरी गराउने तर ज्याला नदिने ? हामी छिनेर भएपनि लिन्छौं ।’ उनले भने ‘ आन्दोलन गरेरै भएपनि वीरगञ्जलाई राजधानी बनाएरै छोड्छौं ।’

नेपाली काँग्रेसका सचिव किशोरी साहले पनि वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुको विकल्प नभएको बताए । जनकपुरलाई प्रादेशिक राजधानी बनाउने संकेत पाए लगत्तै आन्दोलनमा उत्रिएको वीरगञ्ज संघर्ष समितिले एक महिना अघिदेखि रिले अनशन गरिरहेको संघर्ष समितिका सहसंयोजक एवं पूर्व सभासद राजकुमार गुप्ताले जानकारी दिए ।

जनकपुरमा पहिलो प्रदेश सभा बैठक बस्ने दिन २१ माघ आइतबार वीरगञ्ज बन्द आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...