एनआइसी एसिया बैंकले ल्यायो नयाँ योजना, कार्डको प्रयोग गरेर सामान किन्दा ‘क्यास ब्याक’ पाइने



हाम्रो इकोनोमि

एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनी पिओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक दिने योजना ल्याएको छ । बैंकले यो योजना फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिना संचालन हुने जनाएको छ ।

यस योजनाअन्तर्गत बैंकका भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी पाँचसय रुपैयाँसम्मको नगद फिर्ता पाउने छन् ।

यो योजनाबाट बैंकको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने बैंकको विश्वास छ ।

हाल बैंकले १६३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर, १५६ वटा एटिएम मेशिन तथा ५१८ वटा पिओएस मेशिनलगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ । बैंकले भविष्यमा पनि यस्ता योजना सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...