अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु



हाम्रो इकोनोमि

रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उहाँको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उहाँको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा सुमन राईले जानकारी दिनुभयो ।

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उहाँको उपचारमा समस्या आएको डा राईले बताउनुभयो । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...