ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई



हाम्रो इकोनोमि

कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो ।

पहिलो सेट अन्सारीद्वयको जोडीले २१–१० ले जित्दै अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा चन्द र धामीको जोडीले २१–१२ र २१–१५ ले जित निकाल्दै उपाधि जितेको हो । उपाधि विजेताद्वयलाई जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले रु ५१ हजार नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा दोस्रो भएका इरफान र रियाजको जोडीले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ४२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कञ्चनपुरकै दिलबहादुर धामी घोषित भए । चन्द र धामीको जोडीले केही दिनअघि कैलालीकै गौरीगंगामा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा रु २१ हजार धनराशिको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...