विकासका लागि सूचना प्रविधि आवश्यक–मन्त्री बस्नेत



हाम्रो इकोनोमि

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याउनुभएको छ ।

इञ्जिनियरिङ अध्ययन संस्थान ९पुल्चोक क्याम्पस०द्वारा आज यहाँ आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो – “मुलुकमा प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।”

मन्त्री बस्नेतले तीन वर्षभित्रमा प्रत्येक जिल्लामा निःशुल्क कम्युटर शिक्षा पु¥याउने सरकारको योजनाअनुसार अहिले विभिन्न १४ जिल्लामा त्यसको तयारी भइरहेको जानकारी दिदैं काठमाडौँको पशुपति र स्वयाम्भूलगायतका क्षेत्रलाई सरकारले वाइफाई फ्रि क्षेत्रको रूपमा अगाडि बढाएको जानकारी दिनुभयो ।

“नेपालकै स्रोत साधन प्रयोग गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी विदेश पलायन भएका युवालाई समेत मुलुकभित्र रोजगारीको सिर्जना गर्नुपर्छ”–उहाँले भन्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बस्नेतले मुलुकमा संविधान निर्माण भइरहेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म चल्ने सो महोत्सवमा इञ्जिनियरिङ र प्रविधिसँग सम्बन्धित करिब १५० स्टल राखिएको महोत्सवका संयोजक प्रसिद्ध कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...