सामुहिक बलात्कारमा परेको भनिएकी युवतीको साथमा २७ लाख भेटे पछी प्रहरीले युवतीलाई नियन्त्रणमा लियो



दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कारको घटनाकी पीडित युवतीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी सम्पर्कमै रहेकी पीडित युवतीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि भन्दै बिहीबारबाट अघोषित नियन्त्रणमा राखेको हो।

प्रहरी स्रोतका अनुसार पीडित युवती प्रहरी सम्पर्कमा आए पनि बयान फेरेको र उनको बैंक खातामा शंकास्पद २७ लाख रकम देखिएको भन्दै समितिले उनलाई हिजाेदेखि परिसरकै महिला ब्यारेकमा राखेको हो।

प्रेमी र उनका ३ साथीबाट बलात्कार गर्ने मुख्य अभियुक्तलाइ प्रहरीले गत शनिबार भगाएकाे थियो। प्रहरीले घटनामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेकाे छ। तर उनीहरु कहाँ छन् भन्ने खुलाइएकाे छैन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले पीडित युवती प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरे। उनले भने ‘अनुसन्धान भइरहेको छ, युवतीलाई परिसरमै राखेर अनुसन्धान भइरहेका छाैं।’ पीडक युवाबारे भने उनले स्पष्ट बताउन सकेनन्। ‘युवाहरुलाइ अपराध महाशाखाले पक्रेको होला’, उनले भने।

प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो। महाराजगन्ज वृत्तमा राखिएका ती अभियुक्तवलाइ दरबारमार्ग वृत्तबाट खटिएका सई चन्द्र भण्डारी नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो। सोही रात पीडित युवतीकाे स्वास्थ्य परीक्षण गरिएको थियो। मेडिकल जाँचकाे अन्तिम रिपाेर्ट नअाउँदै महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले हिरासतमा रहेका युवाहरुलाई रिहा गरेपछि घटना रहस्यमय बनेकाे हाे।

शैलश कार्की काे हुन्?
युवतीले सुरुवाती बयानमा आफूलाई आफ्ना प्रेमी शैलेश कार्की र उनका भाईसहित अन्य दुईजनाले सामुहिक बलात्कार गरेको मौखिक बयान प्रहरीमा दिएकी थिइन्। शैलेश कार्की रामेछापकाे दुरागाउँका स्थायीबासिन्दा हुन्। बी प्लस रगत समूहका भएका उनको माेबाइल नम्बर ९८५११२३५९२ हाे।

प्रहरीले उनकै बयानका आधारमा चारजना युवालाई पक्राउ गरेर पछि छाेडेकाे हो। प्रहरीले पीडकहरुको नाम गोप्य राख्दै अाएकाे छ। बलात्कार जस्तो जघन्य अपराधमा जाहेरी नआए पनि प्रहरीले आफैँ अनुसन्धान अघि बढाउन सक्छ।

प्रहरीले तत्काल परिसरका उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति र बिहीबार मात्रै महानगरीय प्रहरी कार्यालयका वरिष्ठ उपरिक्षक पूर्णचन्द्र जोशीको नेतृत्वमा अर्को समिति बनाएर छानवीन गरिरहेको छ।

‘हामीले परिसरको अनुसन्धान प्रतिवेदनमा टेकेर थप अनुसन्धान गर्नेछौं, आईतबारपछि हाम्रो अनुसन्धानले गति लिनेछ,’ एसएसपी जोशीले भने।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सचिवालय मातहत रहने सुपरिवेक्षण तथा अन्वेषण महाशाखा र सचिवालयका सदस्यहरुलाई समेत घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले बताए।

स्रोतकाअनुसार क श्रेणीका ठेकेदार परिवारका सन्ततिले युवती बलात्कार गरेका हुन्। चारै युवाको परिवारले प्रहरी र पीडितलाई मिलाउन करिब ५० लाख रुपैयाँ खर्चेको चर्चा प्रहरी वृत्तमै चलेको छ। यो घटना सामसुम पार्न ठेकेदार परिवार अझै प्रहरीको माथिल्लो निकाय र राजनीतिक पहुँच भएका व्यक्ति मार्फत दौडधुपमा लागिरहेको स्रोतको दाबी छ।

सई निलम्बित, प्रहरी निरीक्षकलाई दुई नम्बर गण लगियो
घटनालाई मिलमतोमा टुङगाएर आरोपी उम्काउने मुख्य आरोपी मानिएका दरबारमार्ग वृत्तका सई चन्द्र भण्डारीलाई निलम्बन गरिएको छ। उनी परिसरको नियन्त्रणमा छन्।
बलात्कारी छुटाएको प्रकरणमा मुछिएका महानगरीय प्रहरी वृत्त दबारमार्गका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी दुई नम्बर गण महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको छ। दरबारमार्ग वृत्त प्रमुख डिएसपी तिलक भारतीलाई जिम्मेबारीबाट हटाएर परिसरमा तानिएको छ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित