तीन महिनादेखि शिक्षकले तलब पाएनन्



नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् ।

नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब भत्ता बुझ्दै आएका शिक्षकले चालू आर्थिक वर्षको पहिलो चौमासिकको तलब नगरपालिकाबाट पाएका थिए । तर नगरपालिकाले दोस्रो चौमासिकको तीन महिना बित्नै लाग्दा समेत बजेट निकासा गर्न सकेको छैन ।

विगतमा नियमित पाउँदै आएको तलब भत्ता अहिले रोकिँदा शिक्षक समस्यामा परेको भन्दै शिक्षक संघ, संगठन आन्दोलित भएका छन् । स्थानीय तह गठनपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबभत्ता सम्बन्धित गाउँ तथा नगरपालिकाले उपलब्ध गराउनुपर्ने व्यवस्था लागू भएपछि आफूहरुले समयमै तलब पाउन नसकेको नेपाल शिक्षक संघका उपाध्यक्ष घनश्याम लेखकले बताउनुभयो ।

बजेट अपुग रहेकाले अहिले शिक्षकको तलब समयमै दिन नसकिएको दशरथचन्द नगरपालिकाले जनाएको छ । शिक्षा विभागबाट कम बजेट आएकाले तत्काल तलब दिन नसकिएको र अपुग रकम माग गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । उहाँले भन्नुभयो “पहिलो चौमासिकमा पनि अपुग रकम आएको र नगरपालिकाले आफ्नो बजेट थपेर शिक्षकलाई तलब खुवाएको हो ।”

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि विभिन्न १३ शीर्षकमा बजेट आउने गर्दछ । तर सबै शीर्षकमा विभागबाट न्यून बजेट आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि वार्षिक रु १६ करोड १९ लाखभन्दा बढी रकम आवश्यक रहेकोमा रु १० करोड ७० लाख आठ हजारको मात्रै अख्तियारी आएको नगरपालिकाले जनाएको छ ।

विद्यालयका लागि रु पाँच करोड चार लाख ७७ हजार बजेट अपुग रहेकोले अपुग रकम विभागसँग माग गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला