फेबुअरी महिनालाई सरकारले ‘आयोडिन मन्थका’ रुपमा मनाउने



हाम्रो इकोनोमि

आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउन  सन् २०१८ फेबुअरी महिनालाई सरकारले ‘आयोडिन मन्थका’ रुपमा मनाउने भएको छ । आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना को रुपमा १८ माघ देखी १ महिनाभरी सरकारले आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गर्ने भएको हो ।  नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिवल गोइटर सन १९८५.८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कर्पोरेशनले आयोडिनयुक्त नुनको आप”र्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन २०१६ कोनेपाल सरकारले गरेको एडिएचएससर्वे अन’सार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।

यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरि १ महिनाभरी चेतनामूलक गतिविधि संचालन गरिदै आएको हो ।

१ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघ।संस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्था संग समन्वय गरी कार्यक्रम संचालन गरिने साल्ट टे«डिङ कर्पोरेसनलेजनाएको छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायलाई जानकारी दिन स्वास्थ्य परिक्षण बिद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, जादु प्रर्दशन, चेतना मूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट×ेडिङ्ग’ कर्पोरेशन लि.ले जनाएको छ ।

सरकारले विगत ५४ वर्ष देखी साल्ट टे«डिङ्ग कर्पोरेशन लि.लाई आयोडिनयूक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेबारी दिईएको छ । साल्ट ट×ेडिङ्ग कर्पोरेशन लि.ले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईबालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

आज देखी शुरु हुने आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट, पम्पलेट जस्ता सामग्री बितरण गर्न बिभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेकोे छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...