सुष्मालाई भेट्नु अघी बसेको बाम गठबन्धनको बैठकले ओली निबासमा यस्तो गर्यो निर्णय



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार कार्यदलले तयार पारेको रिपोर्ट संयोजन समितिले अनुमोदन गरेको छ । त्यस्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आजबाट सुरु भएको दुई दिने नेपाल भ्रमणबारे पनि संक्षिप्तमा छलफल भएको र उनको भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास लिईएको छ ।

प्रतिनिधि र प्रदेश सभा चुनावमा गठबन्धन गरेर पार्टी एकताको गर्ने घोषणा गरेका एमाले र माओवादीले पछिल्लो समय एकीकृत पार्टीको नेतृत्व र सैद्धान्तिक कार्य्िदशा टुंगो लगाउन सकेका छैनन्। त्यसमा पनि अब दुई अध्यक्षहरु बसेर कुरा टुँगो लगाउने सहमति भएको छ ।

पछिल्लो समय एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। संयोजन समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा ‘बादल’ सदस्य छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...