सोल्टी होटलमै सुष्माको ‘वन टु वन’ वार्ता गर्ने चाहना ओलीले यसरी पुरा गर्ने भए



नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग ‘वन टु वन’ वार्ता गर्ने पक्षमा नरहेपनि स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अन्ततः ‘वन टु वन’ वार्ता हुने भएको छ।
पछिल्लो कार्यक्रम अनुसार ओली–स्वराजबीच पहिले केही समय ‘वन टु वन’ वार्ता हुनेछ, त्यसपछि स्वराजलाई दिइएको रात्रिभोजसँगै सामुहिक भेट र कुराकानी हुनेछ।
‘अध्यक्ष ओली सामुहिक रुपमा नै भेट्ने पक्षमा हुनुहुन्थ्यो तर भारतीय पक्षले अपेक्षा गरेपछि ‘वन टु वन’ कुराकानीपनि हुने भयो’ ओली निकट एक नेताले भने, ‘नयाँदिल्लीदेखि विदेशमन्त्री आउनु भएको छ भन्दै भारतीय पक्षले आग्रह नै गरेपछि हुन्न भन्नु भएन, त्यसैले थोरै समयका लागि भएपनि वन टु वन कुराकानी हुने नै भयो।’

ओली–स्वराजबीच साँझ सभा ६ बजे भेटलगत्तै केही समय ‘वन टु वन’ कुराकानी भएपछि विदेश मामिलामा चासो राख्ने स्थायी समिति सदस्य, केही पूर्व परराष्ट्रमन्त्रीहरु सहितहरु सहित डिनर हुनेछ। ओलीले दिएको डिनर लगत्तै स्वराजले सोल्टी होटलमै राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरुसँग भेटवार्ता गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित