सोल्टी होटलमै सुष्माको ‘वन टु वन’ वार्ता गर्ने चाहना ओलीले यसरी पुरा गर्ने भए



हाम्रो इकोनोमि

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग ‘वन टु वन’ वार्ता गर्ने पक्षमा नरहेपनि स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अन्ततः ‘वन टु वन’ वार्ता हुने भएको छ।
पछिल्लो कार्यक्रम अनुसार ओली–स्वराजबीच पहिले केही समय ‘वन टु वन’ वार्ता हुनेछ, त्यसपछि स्वराजलाई दिइएको रात्रिभोजसँगै सामुहिक भेट र कुराकानी हुनेछ।
‘अध्यक्ष ओली सामुहिक रुपमा नै भेट्ने पक्षमा हुनुहुन्थ्यो तर भारतीय पक्षले अपेक्षा गरेपछि ‘वन टु वन’ कुराकानीपनि हुने भयो’ ओली निकट एक नेताले भने, ‘नयाँदिल्लीदेखि विदेशमन्त्री आउनु भएको छ भन्दै भारतीय पक्षले आग्रह नै गरेपछि हुन्न भन्नु भएन, त्यसैले थोरै समयका लागि भएपनि वन टु वन कुराकानी हुने नै भयो।’

ओली–स्वराजबीच साँझ सभा ६ बजे भेटलगत्तै केही समय ‘वन टु वन’ कुराकानी भएपछि विदेश मामिलामा चासो राख्ने स्थायी समिति सदस्य, केही पूर्व परराष्ट्रमन्त्रीहरु सहितहरु सहित डिनर हुनेछ। ओलीले दिएको डिनर लगत्तै स्वराजले सोल्टी होटलमै राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरुसँग भेटवार्ता गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...