शुष्माको नजरमा ओली पहिलो,प्रधानमन्त्री समेत रहेका देउवा कसरी भए अन्तिम?



हाम्रो इकोनोमि

भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं अवतरण गरेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको राजनीतिक भेटघाट एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सुरु हुने भएको छ।

केही समयअघिमात्र भारतीय बायुसेनाको जहाजबाट काठमाडौं अवतरण गरेकी स्वराज विमानस्थलबाट लैनचौरस्थित भारतीय दूतावास पुगेर ब्रिफिङ्ग लिनेछिन्।

त्यसपछि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ताका लागि स्वराज सोल्टीमोडस्थित पाँचतारे होटल पुग्नेछिन्, जहाँ स्वराजको स्वागतमा ओलीले रात्रिभोजको आयोजना गरेका छन्।
ओलीसँगको भेट लगत्तै स्वराजले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरुसँग भेट गर्ने कार्यक्रम छ। भेटमा राजपा अध्यक्ष मण्डलका ६ सदस्य सहभागी हुनेछन्।

शुक्रबार विहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्ने कार्यक्रम छ। सम्भवतः त्यो भेटघाटपनि होटल सोल्टीमा नै हुनेछ।ओली, प्रचण्ड र राजपाबाहेक स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाट गरी राजनीतिक कुराकानी गर्ने कार्यक्रम तय गरिएको छ।

भण्डारीसँग राष्ट्रपति निवासमा दिउसो १२ बजे भेटघाट हुनेछ भने करिव आधा घण्टाको मिनेटको सो भेटघाटपछि स्वराजले प्रधानमन्त्री देउवासँग भेट्नेछिन्।
अहिलेसम्मको कार्यक्रम अनुसार प्रधानमन्त्री देउवासँग भेट गरेपछि स्वदेश नयाँदिल्ली फर्कनेछिन्। उनी दिउसो २ बजे विशेष विमानबाटै स्वदेश फर्कनेछि

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...