यी हुन् सांसद देखी ब्यापारीलाई धम्काएर पैसा असुल्न खोज्ने प्रहरीको कब्जामा परेका गुण्डाहरु



हाम्रो इकोनोमि

फरार रहेका गुन्डा नाइके मनोज पुनको नाममा सांसद तथा व्यापारीहरुलाई धम्काएर पैसा असुल्न खोज्ने एक समूह समातिएको छ। कास्की प्रहरीले ४ जनाको समूहलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ।

स्याङ्जा पुतलीबजार घर भई पोखरा बस्ने नरबहादुर गुरुङको समूहले भारतीय नम्बरहरुबाट फोन गरेर सांसद र व्यापारीसँग करोडौं मागेको हो। प्रहरीले सो समूहका गुरुङसहित अमृत खड्का, शिव कार्की र रामु सुवेदीलाई पक्राउ गरेको छ।

कास्कीका एसपी अशोक सिंहका अनुसार उनीहरुले का्रग्रेसका प्रदेश सांसद बिन्दुकुमार थापा जग्गा व्यापारी कालु गुरुङ, मनकामना केबलकारका संचालक राजेशबाबु श्रेष्ठ र अर्का व्यवसायी बोधराज गिरीलाई फोन तथा एसएमएसमार्फत करोडौं मागेका थिए। आफुहरु मनोज पुनको समूह भएको भन्दै उनीहरुले पैसा मागेको पीडितहरुले बताएका छन्। एक मनिाअघिदेखि उनीहरुले धम्काउदै आएका थिए।पक्राउ परेकाहरु उपर प्रहरीले संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ।

पुनको समूहले विभिन्न व्यक्तिहरुको हत्या गर्दै व्यापारीहरुलाई धम्काएर पैसा असुल्दै आएको र उनको नाममा धम्काउदा पैसा झर्ने ठानेर उनीहरुले यस्तो धन्दा गरेका थिए। आफुहरु मनोज पुनकै समूह रहेको भनेर बिश्वासमा पार्न भारतीय सिमकार्डहरु प्रयोग गर्दै आएका थिए। फेसबुकमा उनीहरुले कुख्यात डन दाउद इब्राहिकको फोटो राख्दै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...