यी हुन् सांसद देखी ब्यापारीलाई धम्काएर पैसा असुल्न खोज्ने प्रहरीको कब्जामा परेका गुण्डाहरु



हाम्रो इकोनोमि

फरार रहेका गुन्डा नाइके मनोज पुनको नाममा सांसद तथा व्यापारीहरुलाई धम्काएर पैसा असुल्न खोज्ने एक समूह समातिएको छ। कास्की प्रहरीले ४ जनाको समूहलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ।

स्याङ्जा पुतलीबजार घर भई पोखरा बस्ने नरबहादुर गुरुङको समूहले भारतीय नम्बरहरुबाट फोन गरेर सांसद र व्यापारीसँग करोडौं मागेको हो। प्रहरीले सो समूहका गुरुङसहित अमृत खड्का, शिव कार्की र रामु सुवेदीलाई पक्राउ गरेको छ।

कास्कीका एसपी अशोक सिंहका अनुसार उनीहरुले का्रग्रेसका प्रदेश सांसद बिन्दुकुमार थापा जग्गा व्यापारी कालु गुरुङ, मनकामना केबलकारका संचालक राजेशबाबु श्रेष्ठ र अर्का व्यवसायी बोधराज गिरीलाई फोन तथा एसएमएसमार्फत करोडौं मागेका थिए। आफुहरु मनोज पुनको समूह भएको भन्दै उनीहरुले पैसा मागेको पीडितहरुले बताएका छन्। एक मनिाअघिदेखि उनीहरुले धम्काउदै आएका थिए।पक्राउ परेकाहरु उपर प्रहरीले संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ।

पुनको समूहले विभिन्न व्यक्तिहरुको हत्या गर्दै व्यापारीहरुलाई धम्काएर पैसा असुल्दै आएको र उनको नाममा धम्काउदा पैसा झर्ने ठानेर उनीहरुले यस्तो धन्दा गरेका थिए। आफुहरु मनोज पुनकै समूह रहेको भनेर बिश्वासमा पार्न भारतीय सिमकार्डहरु प्रयोग गर्दै आएका थिए। फेसबुकमा उनीहरुले कुख्यात डन दाउद इब्राहिकको फोटो राख्दै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...