सुष्माको पहिलो रोजाइमा ओली त्यसपछी राजपाका नेता,देउवा संगको भेट भोली मात्र किन?



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आजै राति राष्ट्रिय जनता पार्टी नेपालका नेतासँग भेट गर्ने भएकी छिन्।
दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउन लागेकी विदेशमन्त्री स्वराजले राति ८ बजे राजपा अध्यक्ष मण्डलका नेतालाई भेट गर्ने कार्यक्रम तय भएको हो।

राजपा स्रोतका अनुसार अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, महेन्द्र यादव र राजकिशोर यादवले भारतीय विदेशमन्त्रीसँग भेटको तयारी गरेका छन्। स्वराजसँग अध्यक्ष मण्डलका सबै नेताले होटल सोल्टीमा सामूहिक रुपमा भेट गर्नेछन्।

संविधान संशोधनको विषयमा असन्तुष्टि जनाउँदै आएको मधेसकेन्द्रित दल राजपालाई यो मुद्दामा भारतले समेत समर्थन साथ दिँदै आएको छ।

स्वराजले आजै एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्नेछिन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भने उनको भेटवार्ता भोलि हुनेछ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...