पार्टी एकता गर्न वाम गठबन्धनको बैठक ओली निबासमा बस्दै,यस्तो बन्दैछ एकताको मोडालिटी



हाम्रो इकोनोमि

वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ।
लामो समयको आन्तरिक गृहकार्यपछि एमाले र माओवादीका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक औपचारिक रुपमा बस्न लागेको हो। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक बस्ने भनिए पनि विशेष कारणवश एमालेमा पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोट भक्तपुरमा बस्नेछ।

बैठक दिउँसो ३ बजे बस्ने तय भएको माओवादी अध्यक्षको निजी सचिवालयले जनाएको छ।

एकीकृत पार्टीको नेतृत्वको विषयमा कुरा नमिल्दा एकताले गति लिन सकेको छैन। नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा एकता संयोजन समितिले गठन गर्ने भनिएको सांगठनिक र वैचारिक विषय मिलाउने कार्यदल बन्न नसकेको हो। आजको बैठकमा दुई कार्यदल बनाउने तयारी छ।

चुनावी परिणामपछि राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकारमा सहमतिमै सिट बाँडफाँट गरेका दुवै दल नयाँ सरकार गठनअगाडि नै पार्टी एकताको खाकामा सहमति जुटाउन अन्तिम गृहकार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...