पार्टी एकता गर्न वाम गठबन्धनको बैठक ओली निबासमा बस्दै,यस्तो बन्दैछ एकताको मोडालिटी



हाम्रो इकोनोमि

वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ।
लामो समयको आन्तरिक गृहकार्यपछि एमाले र माओवादीका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक औपचारिक रुपमा बस्न लागेको हो। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक बस्ने भनिए पनि विशेष कारणवश एमालेमा पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोट भक्तपुरमा बस्नेछ।

बैठक दिउँसो ३ बजे बस्ने तय भएको माओवादी अध्यक्षको निजी सचिवालयले जनाएको छ।

एकीकृत पार्टीको नेतृत्वको विषयमा कुरा नमिल्दा एकताले गति लिन सकेको छैन। नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा एकता संयोजन समितिले गठन गर्ने भनिएको सांगठनिक र वैचारिक विषय मिलाउने कार्यदल बन्न नसकेको हो। आजको बैठकमा दुई कार्यदल बनाउने तयारी छ।

चुनावी परिणामपछि राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकारमा सहमतिमै सिट बाँडफाँट गरेका दुवै दल नयाँ सरकार गठनअगाडि नै पार्टी एकताको खाकामा सहमति जुटाउन अन्तिम गृहकार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...