प्रिमियरको एफपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता, ६५ हजार ९५१ जनाको हातमा १० कित्ता



हाम्रो इकोनोमि

प्रिमियर इन्सुरेन्सको एफपीओ बिहीबार बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा ६५ हजार ९५१ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाको हातमा ११ कित्ताका दरले सेयर परेको छ ।

कुल १ लाख ८९ हजार ३२१ आवेदकमध्ये १ लाख ८६ हजार ४७५ जनाको आवेदन स्वीकृत भएको छ भने २ हजार ८४६ जनाको आवेदन रद्द भएको छ । कम्पनीले पुस १६ देखि १९ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । प्रिमियरले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन एफपीओको सहारा लिएको हो ।

हाल यसको चुक्ता पुँजी ४४ करोड ८५ लाख ३ हजार ८०० रुपैयाँ छ । एफपीओपछि भने चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुग्नेछ । यस आधारमा कम्पनीलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । कम्पनीले हालैमात्र एफपीओले पनि पाउने गरी १३.५२५ बोनस सेयर दिने घोषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...