भारतीय विदेशमन्त्री सुष्माले आजै साझ ओली संग भेट गर्ने,यस्तो छ भेटघाटको तालिका



हाम्रो इकोनोमि

काठमाडौं आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ नै भेटवार्ता हुने भएको छ। राजधानीको सोल्टी होटलमा एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच ६.३० मा भेटघाट र कुराकानी हुने एमाले नेता राजन भट्टराईले बताए।

स्वराजको भेटघाट को को सँग कुन समयमा हुन्छ, त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन। प्रारम्भिक जानकारी अनुसार ओलीसँगको भेटपछि नै स्वराजको राजनीतिक भेटघाट हुने देखिएको छ। राष्ट्रपति र प्रधानमन्त्रीसँग बाहेक अन्य भेटघाटबारे परराष्ट्र मन्त्रालयपनि बेखवर छ।

भट्टराईका अनुसार, ओली–स्वराज भेटघाट ‘वन अन वन’ हुनेछैन। ‘अहिलेसम्मको स्थिति अनुसार ओलीले पार्टीका केही नेताहरुसहित स्वराजसँग भेटघाट गर्नुहुनेछ’ भट्टराईले भने, ‘तर अध्यक्ष ओलीसँग को को नेता रहनु हुनेछ, त्यो तय भइसकेको छैन।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...