अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने कुन सचिवालयले निर्णय गर्‍यो? भन्दै यसरी जंगीए गोकुल बास्कोटा



हाम्रो इकोनोमि

नेकपा एमालेका सांसद एवं प्रदेश ३ को सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएको बताएका छन् ।

एमाले नेता अरुण नेपालले चुनावअघि नै प्रदेश सचिवालयले अष्टलक्ष्मीको पक्षमा निर्णय गरिसकेको भनेकोप्रति बास्कोटाले आपत्ति जनाए । उनले भने– ‘म पनि सचिवालयमा छु, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने कुन सचिवालयले निर्णय गर्‍यो ? केको सचिवालयले गर्‍यो ? सचिवालयले त्यस्तो कुनै निर्णय गरेको छैन ।’

 

अष्टलक्ष्मीलाई यदि मुख्यमन्त्री बन्ने ईच्छा लागेको भए पार्टीभित्र दलको नेताका लागि चुनावी मैदानमा आउन बास्कोटाले चुनौती दिए । उनले भने– ‘मुख्यमन्त्री बन्ने ईच्छा भए चुनाव लडे भैगो । जबजले चुनाव र प्रतिस्पर्धामा जाऊ भनेको छ, त्यही अनुसार चुनाव जितेर आउनुपर्छ ।’

एमालेको एकल बहुमत रहेको प्रदेश ३ मा सो पार्टीबाट मुख्यमन्त्रीका दाबेदार धेरैजना निस्किएका छन् । हालसम्म मुख्यमन्त्रीको दाबेदारमा अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेन्द्र पाण्डे, कैलाश ढुंगेल, सानु श्रेष्ठ लगायत मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...