प्रदेश ३ को पहिलो बैठक आज, यस्तो छ कार्यसुचि



हाम्रो इकोनोमि

नयाँ संविधान अनुसार संघीय संरचनामा गएको नेपालको पहिलो संघीय संरचना अन्तर्गत प्रदेश ३ को प्रदेश संसदको बैठक आज बिहीबार हेटौंडामा बस्दैछ ।

सात प्रदेश मध्ये प्रदेश संसदको पहिलो बैठक गर्ने पहिलो प्रदेश  प्रदेश ३ बन्दैछ । प्रदेश ३ अन्तगतका सबै (१३) जिल्लाका प्रदेश सांसद् अधिवेशनमा सहभागी हुनेछन् ।  उनीहरु राजधानी हेटौंडा पुगिसकेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयमा अधिवेशन हुनेछ ।

कार्यसूचीअनुसार,

-सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् ।

-त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

-पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले बैठकमा मन्तव्य प्रस्तुत गर्ने छन् ।

-दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित हुनेछ ।

त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ । बैठकको अन्तिममा अन्तरिम कार्यविधि (२०७४ को दफा ९६० को उपदफा–१) अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ ।

३ नम्बर प्रदेशमा ११० सदस्यीय संसद छ । काठमाडौं, भक्तपुर ललितपुर,  सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला यस प्रदेशमा पर्छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...