प्रदेश ३ को पहिलो बैठक आज, यस्तो छ कार्यसुचि



हाम्रो इकोनोमि

नयाँ संविधान अनुसार संघीय संरचनामा गएको नेपालको पहिलो संघीय संरचना अन्तर्गत प्रदेश ३ को प्रदेश संसदको बैठक आज बिहीबार हेटौंडामा बस्दैछ ।

सात प्रदेश मध्ये प्रदेश संसदको पहिलो बैठक गर्ने पहिलो प्रदेश  प्रदेश ३ बन्दैछ । प्रदेश ३ अन्तगतका सबै (१३) जिल्लाका प्रदेश सांसद् अधिवेशनमा सहभागी हुनेछन् ।  उनीहरु राजधानी हेटौंडा पुगिसकेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयमा अधिवेशन हुनेछ ।

कार्यसूचीअनुसार,

-सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् ।

-त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

-पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले बैठकमा मन्तव्य प्रस्तुत गर्ने छन् ।

-दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित हुनेछ ।

त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ । बैठकको अन्तिममा अन्तरिम कार्यविधि (२०७४ को दफा ९६० को उपदफा–१) अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ ।

३ नम्बर प्रदेशमा ११० सदस्यीय संसद छ । काठमाडौं, भक्तपुर ललितपुर,  सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला यस प्रदेशमा पर्छन्।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...