गाडी चढ्न अध्यक्ष र उपाध्यक्षबीच साँचो खोसाखोस



हाम्रो इकोनोमि

गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन्।

न्यायिक समितिमा आउने हरेक मुद्दा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्दा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ।

यतिमात्रै हैन, विभिन्न कार्यक्रमका लागि उनलाई विभिन्न स्थानबाट आमन्त्रण गरिन्छ। उनी भन्छिन्, ‘सवारीसाधन अभावमा कैयौं काममा पुग्न सकिएको छैन।’ गाउँपालिकाको एउटा गाडी छ। तर त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन।

गाउँपालिकाका अध्यक्षले निजीसरह उपभोग गरिरहेका छन्। ‘कुनै आवश्यक कामका लागि एकछिन गाउँपालिकाको कार्यालयको गाडी माग्दा पनि पाइँदैन,’उनले भनिन्,’गाडी माग्दा अध्यक्षज्युले जहिल्यै छैन भन्नुहुन्छ। तर उहाँले कार्यालयको गाडी आफ्नै घरमा राख्नुहुन्छ।’

गाउँपालिकाको गाडी अध्यक्षले एक्ल प्रयोग गर्दै आएपछि अध्यक्ष र उपाध्यक्षबीच ठुलै विवाद भएको छ। गाडी माग्दा नदिएपछि उपाध्यक्ष शान्तीले चाबी नै खोसेको बताइन्।

‘त्यो गाडी कार्यालयको पो हो त,’उन्ले भनिन्,’ कार्यालयकै कामका लागि कतै जानुपर्दा नपाएपछि एकदिन विवाद भयो,अनि मैले चाबी खोसिदिएको हुँ।’ उनले कार्यालयकै कामकाजका लागि आफूले व्यक्तिगत खर्चमा गाडी रिजर्भ गर्नुपरेको बताइन्। ‘अलिक टाढाका वडासम्म पुग्न आफ्नै खर्चमा गाडी लिएर पुगेकी छु,’ उनले भनिन्, ‘कार्यालयको गाडी नदिएपछि के गर्नुरु’ गाडी रिजर्भ गरेबापतको खर्च माग गर्दा नपाएको उनले बताइन्। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...