गाडी चढ्न अध्यक्ष र उपाध्यक्षबीच साँचो खोसाखोस



हाम्रो इकोनोमि

गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन्।

न्यायिक समितिमा आउने हरेक मुद्दा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्दा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ।

यतिमात्रै हैन, विभिन्न कार्यक्रमका लागि उनलाई विभिन्न स्थानबाट आमन्त्रण गरिन्छ। उनी भन्छिन्, ‘सवारीसाधन अभावमा कैयौं काममा पुग्न सकिएको छैन।’ गाउँपालिकाको एउटा गाडी छ। तर त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन।

गाउँपालिकाका अध्यक्षले निजीसरह उपभोग गरिरहेका छन्। ‘कुनै आवश्यक कामका लागि एकछिन गाउँपालिकाको कार्यालयको गाडी माग्दा पनि पाइँदैन,’उनले भनिन्,’गाडी माग्दा अध्यक्षज्युले जहिल्यै छैन भन्नुहुन्छ। तर उहाँले कार्यालयको गाडी आफ्नै घरमा राख्नुहुन्छ।’

गाउँपालिकाको गाडी अध्यक्षले एक्ल प्रयोग गर्दै आएपछि अध्यक्ष र उपाध्यक्षबीच ठुलै विवाद भएको छ। गाडी माग्दा नदिएपछि उपाध्यक्ष शान्तीले चाबी नै खोसेको बताइन्।

‘त्यो गाडी कार्यालयको पो हो त,’उन्ले भनिन्,’ कार्यालयकै कामका लागि कतै जानुपर्दा नपाएपछि एकदिन विवाद भयो,अनि मैले चाबी खोसिदिएको हुँ।’ उनले कार्यालयकै कामकाजका लागि आफूले व्यक्तिगत खर्चमा गाडी रिजर्भ गर्नुपरेको बताइन्। ‘अलिक टाढाका वडासम्म पुग्न आफ्नै खर्चमा गाडी लिएर पुगेकी छु,’ उनले भनिन्, ‘कार्यालयको गाडी नदिएपछि के गर्नुरु’ गाडी रिजर्भ गरेबापतको खर्च माग गर्दा नपाएको उनले बताइन्। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...