नक्कली डाक्टरलाई सात दिन थुन्न अदालतको आदेश,यी हुन् प्रहरीको फन्दामा परेका १७ डाक्टर



हाम्रो इकोनोमि

काठमाडौं जिल्ला अदालतले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो।

नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत सोमबार पक्राउ गरेको थियो।

राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलिय नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्।

सिआइबी र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन्। विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलको नियम अनुसार अनुमति लिनुपर्छ। अनुमति नै नलिई बिरामीको परिक्षण गरेको पाइएकाले उनीहरुलाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिएको हो।

पक्राउ परेका चिकित्सकहरुले मेडिकल काउन्सिलबाट अनुमति नलिएको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए। ‘देशको कानुन सबैले मान्नुपर्छ,’ उनी भन्छन्, ‘चिकित्सा जस्तो संवेदनशील काममा अनुमतिबिना अवैध रुपमा काम गर्नु गम्भीर विषय हो, त्यही कारण हामीले पक्राउ गरी कारबाही सुरु गरेका हौं।’ अनुसन्धान निष्पक्ष हुने उनले बताए

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...