प्रधानन्यायाधीशले गुण्डा लगाएर घर घेर्न र मार्न खोजे पछी वकिलले गुहारे सिडिओ



हाम्रो इकोनोमि

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन्।

प्राडा गोविन्द केसीका पक्षबाट सर्वोच्च अदालतमा बहस पैरवी गरेको प्रतिशोध साँधेर आफूलाई ज्यान मार्ने धम्की दिएको आज दर्ता गराइएको निवेदनमा उल्लेख छ। शान्ति सुरक्षा पाऊँ भन्ने व्यहोराको उक्त निवेदनमा गत बिहीबार बिहान ज्यान मार्ने धम्की दिएको भण्डारीले बताएका छन्। मंगलबार दिउँसो २ बजे काठमाडौंस्थित शंखमुलमा रहेको आफ्नो कार्यालयमा केही मान्छेलाई पठाई घेर्न लगाएको समेत उनले बताए।

‘मलाई कार्यालयमा मान्छे पठाएर फेरि धम्की दिएको हुँदा निज प्रधानन्यायाधीशबाट खतरा भएकाले जिउज्यानको सुरक्षा गरिपाऊँ,’ उनले लेखेका छन्, ‘मेरो जिउज्यान तलमाथि भए गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ।

प्रधानन्यायाधीश पराजुलीले ९८५२०३१६६६ नम्बरबाट आफूलाई फोन गरी धम्क्याएको निवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...