प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता माग्दै किन सिडिओ कार्यालय पुगे गोबिन्द केसी?



हाम्रो इकोनोमि

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै डा गोविन्द केसीले काठमाडौं सिडियो कार्यालयमा निवेदन दर्ता गरेका छन् । बुधवार १० बजे बबरमहलस्थित सिडियो कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन् ।

नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी नागरिकताको प्रतिलिपि मागिएको डा केसीले बताए । निवेदन दर्ता गराउन डा केसीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा अभिषेकराज सिंह त्यहाँ पुगेका छन्।

न्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन् । न्यायपरिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति फरक रहेको विषयमा लामो समयदेखि विवाद छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...