ओलीको चिठी पढेर मोदी भए भाबुक,केपीको सपथग्रहणमा मोदी साक्षी बस्न नेपाल आउने भारतबाट आयो यस्तो खबर



हाम्रो इकोनोमि

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको सम्बन्ध चर्चाचा छ । अब बन्ने सरकारको प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई मोदी आफैँले दुईपटक सम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि बधाई दिदै दुई देशबिचको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएका थिए ।

यसअघि मोदी र ओलीबिच राम्रो सम्बन्ध नभएको भन्ने चर्चा चिर्दै मोदीले ओलीसँगको सम्बन्ध निकट बनाउँदै लगेको अनुमान गर्न गारो छैन । यसबिचमा ओलीले पनि भारतको गणतन्त्र दिवसको अवसर पारेर मोदीलाई पत्रमार्फत शुभकामना सन्देश पठाएका छन् ।

यति मात्रै नभै मोदीले आफ्नो नेतृत्वको सरकारकी विदेश मन्त्री शुष्मा स्वारजलाई नेपाल भ्रमणमा नै पठाउन लागेका छन् । स्वराजको भ्रमणलाई पनि मोदी र ओलीबिचको सम्बन्धसँग जोडेर हेरिएको छ ।

नेपालमा अब बन्ने सरकारको नेतृत्व गर्न लागेका ओली करिब फागुनको दोस्रो वा तेस्रो साता प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै छ । सोही समय पारेर मोदी नेपाल भ्रमणमा आउने चर्चा सुरु भएको छ ।

ओलीको प्रधानमन्त्रीको सपथग्रहणकै बेला मोदी आउन लागेका हुन् कि भन्ने अनुमानसमेत गर्न थालिएको छ । मोदी नेपाल आउने भनिएको समय र ओली प्रधानमन्त्री बन्ने समय मेल खाने भएकाले ओलीको सपथ ग्रहण कार्यक्रममै मोदीको उपस्थिती हुने हो कि भन्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...