ओलीले राष्ट्रपतिमा विद्याको नाम उच्चारण गर्ना साथ झलनाथ यसरी पड्किए,ओली र झलनाथ खनालबीच बाझाबाझ !



हाम्रो इकोनोमि

राष्ट्रपतिको विषयलाई लिएर एमालेभित्र विवाद चर्किन थालेको छ । मंगलबार एमाले स्थायी कमिटि बैठकमा ओलीले विद्या भण्डारीलाई फेरि राष्ट्रपतिमा उठाउने प्रस्ताव गरेपछि विवाद देखा परेको हो ।

ओलीले उक्त प्रस्ताव राखेपछि बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्वीकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिए ।

खनालले आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । बैठकमा ओलीले भण्डारीलाई नै पूनः दोहोर्याउने प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध मात्रै गरेनन् । निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ । खनालले झर्केर उक्त अडान लिएपछि ओली पनि कड्कीएका थिए । उनीहरुबीच केहीबेर विवाद भएको थियो ।

‘राष्ट्रपति दोहोर्याउने विषयलाई लिएर उहाँहरुबीच केहीसमय विवाद भयो,’स्रोतले काठमाण्डुटुडेसँग भन्यो, ‘अन्य साथीहरुले पनि सहमतिका आधारमा चयन गर्ने कुरामा विवाद नझिकौं भनेपछि साम्य भयो ।’

तर ओलीको उक्त प्रस्तावबारे अर्का बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भने मौन देखिएका थिए । ओलीले यसअघि नै कम्तिमा राष्ट्रपतिले पाँच वर्ष चलाउन पाउनुपर्ने आफूहरुको मान्यता भएकोले अहिलेको राष्ट्रपति भण्डारीलाई दोहोर्याउने धारणा सार्वजनिक गरेका थिए ।

भण्डारीलाई राष्ट्रपति दोहार्याउन नहुने भन्दै खनाल एमालेभित्र एक्ला देखिएका छन् । यता भण्डारीले आफूलाई नै दोहोर्याउन अ‍ोली र प्रचण्डलाई दबाब दिँदै आएकी छन् । ओलीेले भण्डारीको पक्ष लिएका छन् । उनले यसअघि नै भण्डारीलाई राष्ट्रपति बनाउन आश्वाशन दिई सकेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...