दरबारमार्गको होटलमा पूर्व गृहमन्त्रीकी भान्जी बलात्कार काण्डमा पैसाको चलखेल, डिएसपी र इन्सपेक्टर माथि कोर्रा बर्साईदै



दरबारमार्गको एक होटलमा एक किशोरीमाथि मदिरा पिएर युवकहरुले सामूहिक बलात्कार गरेका छन्। घटनाको अनुसन्धानमा चलखेल गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी र इन्सपेक्टरमाथि छानिबन सुरु भएको छ।

बलात्कार जस्तो गम्भीर मुद्दा आर्थिक चलखेलमा मिलाइएको भन्दै छानबिन सुरु भएको हो।वृत्तका डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि परिसरले छानबिन थालेको हो। बिहिबार दरबारमार्गकै ल्याण्डमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार भएको थियो। पीडित युवती उजुरी लिएर प्रहरीमा गएपनि प्रहरीले अनुसन्धान नगरी मिल्न दबाब दिएको थियो। अभियुक्तहरु पैसावाल भएकाले उनीहरुले पीडित किशोरी तथा प्रहरीलाई समेत आर्थिक प्रभावमा पारेर केस मिलाएका हुन्।

घटनाबारे थाहा पाएपछि महानगरीय प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा सोमबार छानबिन समिति गठन गरेको छ। बलात्कार मुद्दा मिलाइएको सूचना आएपछि छानबिन थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रबिन्द्र धानुकले बताए।

स्रोतका अनुसार युवतीलाई २५ लाख रुपैयाँ दिने सर्तमा उजुरी नगर्न फकाइएको थियो। बिहिबार बेलुका युवती आफ्ना एककेटा साथीसँग कमलादीस्थित ल्याण्डमार्क होटलमा गएकोमा अन्य तीन जनाले मदिरा पिएर उनलाई बलात्कार गरेका थिए। श्रोत भन्छ- बलात्कारमा परेकी युवती पूर्व गृह मंत्रीको भान्जी हुन्।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित