क्यान इन्फोटेक मेलाको नाममा कमाउधन्दा, अध्यक्ष सहित पदाधिकारी करोडौँ कुम्ल्याउने दाउमा



हाम्रो इकोनोमि

 विगत २३ वर्षदेखि नयाँनयाँ प्रविधिको ब्रान्डिङ गर्ने उद्देश्यले प्रदर्शनी हुँदै आएको विभिन्न कम्पनीका सूचनाका साधनहरु यसपटक पनि प्रदर्शनी चम्किएका छन् ।नेपाल इन्फरमेसन टेक्नोलोजि, इन्टरटेन्मेन्ट सो एण्ड कन्फर्मेसन (क्यान इन्फोटेक) द्वारा आयोजित २४औँ संस्करणको प्रदशनी बिहीबार (माघ ११) देखि सुरु भएको हो । तर क्यान इन्फोटेकको नाउँमा कमाउ धन्दा चलाएका छन । क्यान मेला संचालन गर्न लाग्नेभन्दा कयौँ गुणाँ बढी रकम उठाउँने र हिनामिना गर्न अध्यक्ष सहित कार्यसमितिका पदाधीकारी लागेका छन ।

विद्यार्थीका लागि न्यूनतम ५० रुपियाँ र अन्यका लागि अनिवार्य एक सय रुपियाँ टिकट दर राखिएको इन्फोटेक मेलामा दिनहुँ कम्तीमा २० हजार मानिसको आवागमन रहेको आयोजकको दाबीलाई नै मान्ने हो भने पनि १ सय र ५० बीचको ७० रुपियाँको रेसियो राख्दा पनि दैनिक १४ लाख भन्दा बढीको त टिकट नै बिक्री भइरहेको छ ।

विभिन्न डिस्काउन्ट भनिए पनि झन् पछि झन् नयाँ टेक्नोलोजी ल्याउनु पर्ने ठाउँमा यसपाला त कुनै नयाँ टेक्नोलोजी पनि रहेको छैन ।
एन्टी भाइरस, ल्यापटप र खुद्रा सामानलाई नै आविष्कार मान्ने हो भने अब यसखाले क्यान मेला नभएपनि हुने देखिन्छ ।
त्यति मात्रै हैन, विभिन्न कलेज र स्कुलमा पहिलेदेखि नै टिकट बिकाउने र रकम असुल्ने गरिएको विभिन्न स्कुलबाट कम्प्लेन आएको छ ।
स्टलका लागि बुक गरिएको स्पेसबाट पनि प्रति काउन्टर हजारौं रुपियाँ लिइन्छ ।
उदाहरणका लागि एक स्टल बराबर (स्क्वायरफिटका आधारमा) दिनको १० हजार राख्ने हो भने पनि झन्डै १५० सय बढी स्टलहरुको दैनिक १५ लाख भन्दा बढी रकम नै संकलन हुने देखिन्छ ।
सुरु सुरुमा विज्ञान र प्रविधि प्रति मानिसको जुन आकर्षण थियो, जति पछि त्यति आयोजकहरुको पैसा कमाउन धन्दामा फेरिदै गएको देखेर मानिसहरुको यसपाला आकर्षण घटेको देखिन्छ ।

प्रविधि सेवा पनि हो भन्ने भावना भन्दा पनि जसरी पनि पैसा कमाउनु पर्ने धारणाबाट आयोजकहरु मुक्त हुनु पर्ने मेलामा आएका सर्वसाधारणहरुबाटै सुझाव दिइएको पनि पाइयो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...