काठमाडौँमा नक्कली डाक्टरको बिगबिगी:२० जना नक्कली डाक्टरलाई प्रहरीले जाक्यो खोरमा



हाम्रो इकोनोमि

अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका हुन्।

राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्रीले बताएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।

अनुसन्धान जारी रहेको र छानबिनपछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए।
डा खत्रीका अनुसार पक्राउ परेका उनीहरु मध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन् । विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलका नियम अनुसार अनुमति लिनुपर्छ।

सिअाइबीसँगै काउन्सिलका तर्फबाट छापा मार्न पुगेका डा खत्री भन्छन्, ‘उनीहरुले चिकित्सा अध्ययन पनि नगरेको हुन सक्ने देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...