राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनेको नाम घोषणा,आयोगले घोषणा गरेका यी हुन् २४ भाग्यमानी



हाम्रो इकोनोमि

राष्ट्रियसभामा सातवटा प्रदेशबाट निर्वाचित हुने ५६ सदस्यमध्ये २४ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । विभिन्न कलष्टरका २४ सिटमा निर्वाचित हुने संख्या अनुसार नै उम्मेदवारी परेकाले ती व्यक्तिहरु निर्विरोध निर्वाचित भएका हुन् । बाँकी ३२ सिटका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ राष्ट्रियसभा सदस्य चुनिने छन् । संविधान अनुसार उक्त संख्यामा कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजना हुनेछन् । प्रदेश नम्बर २ मा ८ वटै पद निर्विरोध निर्वाचित भएका छन् । केही उम्मेदवारले नाम फिर्ता लिएपछि अन्य प्रदेशमा पनि कतिपय सिट निर्विरोध भएको हो ।

प्रदेश नम्बर १ मा ६ जना, प्रदेश नम्बर २ मा ८ जना, प्रदेश नम्बर ४ मा १ जना, प्रदेश नम्बर ५ मा ३ जना र प्रदेश नम्बर ७ मा ६ जना निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश नम्बर ३ र ६ को ८ वटै पदका लागि निर्वाचन हुने भएको छ । अन्य प्रदेशको हकमा भने निर्विरोध भएर बाँकी रहेको सिटमा मात्रै निर्वाचन हुने हो । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते तोकिएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा ३ जनाभने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...