माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्ने, यी चार राशिको लागि शुभ



हाम्रो इकोनोमि

जनवरी ३१ अर्थात् माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्दैछ। माघ १७ गते नेपाली समयअनुसार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात् दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ ।

चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै नियाल्ने सकिने बताइएको छ । यो ग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशि भएकाहरुका लागि शुभ मानिएको छ । तर मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन राशी भएकाहरुका लागि शुभ मानिएको छैन । ग्रहणको समयमा शुभ कार्य गर्नु राम्रो नहुने धार्मिक विश्वास पनि छ ।

चन्द्रमा व्राजिल, चिली तथा पश्चिमी अफ्रिकी मुलुकहरु बाहेक अधिकांश मुलुकहरुमा प्रष्ट रुपमा यो ग्रहणको प्रभाव देखिने भएको छ ।

‘खग्रास चन्द्रग्रहण भएकाले चन्द्रमाको पूरैभाग पृथ्वीको छायाले छेकिएको हुनेछ, नेपालमा चन्द्रमा उदाएकै बेला प्रष्ट रुपमा ग्रहण देखिने छ तर धेरैजसो पश्चिमा मुलुकहरुमा ग्रहण लाग्दा लाग्दै अस्ताउने छ ।’ नेपाल, भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजील्याण्ड, अष्टेलिया, अफ्रिकाका केहि पूर्वीदेशहरु, यूरोप, रसिया, तथा अलास्काबाट समेत यो ग्रहण देख्न सकिने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...