माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्ने, यी चार राशिको लागि शुभ



हाम्रो इकोनोमि

जनवरी ३१ अर्थात् माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्दैछ। माघ १७ गते नेपाली समयअनुसार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात् दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ ।

चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै नियाल्ने सकिने बताइएको छ । यो ग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशि भएकाहरुका लागि शुभ मानिएको छ । तर मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन राशी भएकाहरुका लागि शुभ मानिएको छैन । ग्रहणको समयमा शुभ कार्य गर्नु राम्रो नहुने धार्मिक विश्वास पनि छ ।

चन्द्रमा व्राजिल, चिली तथा पश्चिमी अफ्रिकी मुलुकहरु बाहेक अधिकांश मुलुकहरुमा प्रष्ट रुपमा यो ग्रहणको प्रभाव देखिने भएको छ ।

‘खग्रास चन्द्रग्रहण भएकाले चन्द्रमाको पूरैभाग पृथ्वीको छायाले छेकिएको हुनेछ, नेपालमा चन्द्रमा उदाएकै बेला प्रष्ट रुपमा ग्रहण देखिने छ तर धेरैजसो पश्चिमा मुलुकहरुमा ग्रहण लाग्दा लाग्दै अस्ताउने छ ।’ नेपाल, भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजील्याण्ड, अष्टेलिया, अफ्रिकाका केहि पूर्वीदेशहरु, यूरोप, रसिया, तथा अलास्काबाट समेत यो ग्रहण देख्न सकिने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...