मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि



हाम्रो इकोनोमि

खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ ।

गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै पक्राउ परेका राईको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबरजस्ती करणी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

उनीबिरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानसम्बन्धी महलअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

पक्राउ परेका जीउधन र मारिएकी लुमणी नाताले दाजुबहिनी हुन् । बाबुआमाविहीन जीउधनले यसअघि पनि गाउँमा जाँडरक्सी खाएर अर्काको बिगार गर्दै हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...