मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि



हाम्रो इकोनोमि

खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ ।

गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै पक्राउ परेका राईको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबरजस्ती करणी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

उनीबिरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानसम्बन्धी महलअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

पक्राउ परेका जीउधन र मारिएकी लुमणी नाताले दाजुबहिनी हुन् । बाबुआमाविहीन जीउधनले यसअघि पनि गाउँमा जाँडरक्सी खाएर अर्काको बिगार गर्दै हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...