नेप्से सामान्य अंकले घट्दा कारोवार रकम २८ करोडमा सिमित



हाम्रो इकोनोमि

साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से ३.७२ अंकले घटेर १४०२,२३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६० कम्पनीका ७ लाख १५ हजार ८ सय ५४ कित्ता शेयर खरिद बिक्रिबाट २८ करोड ५५ लाख ३६ हजार ४ सय २४ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका हाइड्रोपावर र ट्रेडिङ बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक १ करोड ४९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल बैंक, राष्ट्रिय बिमा कम्पनी , सानिमा बैंक लगायत रहेका छन् ।

आज सिन्धु विकास बैंकका लगानीकर्ता सर्बाधिक ४.०३ तथा बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्बाधिक ४.०२ प्रतिशत कमाएका छन् । त्यस्तै श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ३.३३, अपि पावरको २.६२, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य २.४१ प्रतिशतले बढेको छ ।

त्यस्तै आज मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सर्ब्धिक ९.९४ प्रतिशत गुमाएका छन् । त्यस्तै खानीखोला हाइड्रोका लगानीकर्ताले ३.३७ प्रतिशत, तारागाउँ रिजेन्सीका लगानीकर्ताले ३.१७ प्रतिशत, सहयोगी विकास बैंकका लगानीकर्ताले ३.०८ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...