नेप्से सामान्य अंकले घट्दा कारोवार रकम २८ करोडमा सिमित



हाम्रो इकोनोमि

साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से ३.७२ अंकले घटेर १४०२,२३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६० कम्पनीका ७ लाख १५ हजार ८ सय ५४ कित्ता शेयर खरिद बिक्रिबाट २८ करोड ५५ लाख ३६ हजार ४ सय २४ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका हाइड्रोपावर र ट्रेडिङ बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक १ करोड ४९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल बैंक, राष्ट्रिय बिमा कम्पनी , सानिमा बैंक लगायत रहेका छन् ।

आज सिन्धु विकास बैंकका लगानीकर्ता सर्बाधिक ४.०३ तथा बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्बाधिक ४.०२ प्रतिशत कमाएका छन् । त्यस्तै श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ३.३३, अपि पावरको २.६२, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य २.४१ प्रतिशतले बढेको छ ।

त्यस्तै आज मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सर्ब्धिक ९.९४ प्रतिशत गुमाएका छन् । त्यस्तै खानीखोला हाइड्रोका लगानीकर्ताले ३.३७ प्रतिशत, तारागाउँ रिजेन्सीका लगानीकर्ताले ३.१७ प्रतिशत, सहयोगी विकास बैंकका लगानीकर्ताले ३.०८ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...